• TOKHA LIVE

    • ७ कार्तिक २०७८, आईतवार १६:११

    नेकपा एमाले बुढानिलकण्ठ नगर अधिवेसन हुँदै

    टाेखा लाइभ डट कम/ कार्तिक ७,२०७८

    बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडामा सर्वसम्मत वडा कमिटी गठन गरेको नेकपा एमाले नगर अधिवेसनको तयारीमा जुटेको छ। नगर अधिवेसन हुने  वडा नं ७ मा रहेको  अमुप्रस्थ पार्टी प्यालेसमा नगर कमिटीको बैठक आयोजना गर्दै नेकपा एमाले बुढानिलकण्ठले  अधिवेसन तयारी अन्तिम चरणमा पुगेको बताएको छ।

    नगर अधिवेसनलाई व्यवस्थित र भव्य बनाउनका लागि प्रतिवेदन लेखन,कार्यक्रम व्यवस्थापन,प्रचार प्रसार र स्वयंसेवक उप समिति घोषणा गरेको बैठकले प्रतिनिधि छनौट सहित विभिन्न विषयमा निर्णय गरेको नगर कमिटीका अध्यक्ष प्रदिप डंगोलले जानकारी दिएका छन।

    कार्तिक ६ गते भएका वडा अधिवेसनहरुले नेकपा एमालेका नेता,कार्यकर्ता,समर्थक,शुभचिन्तहरुमा व्यापक उत्साह देखिएको भन्दै अध्यक्ष डंगोलले कार्तिक ९ गते सर्वसम्मत घोषणा नगर कमिटी घोषणा गर्दै निर्वाचन तयारीको अभियान शुरु गर्ने बताएका छन।

    नेकपा एमालेमा देखिएको विवाद संगै चोइटिएर बनेको नेकपा एसमा सनाखत गरेका केहि जनप्रतिनिधिहरु नेकपा एमालेमा फर्किसकेको र केहि सघन सम्पर्कमा रहेको जानकारी दिदै डंगोलले अन्य नेता तथा कार्यकर्ताहरुलाई पनि ९ गते हुने अधिवेसनको उद्घाटनमा सहभागी हुनका लागि आग्रह गरेका छन।

    १९ सय भन्दा बढी संगठित सदस्य रहेको नेकपा एमाले बुढानिलकण्ठको अधिवेसन कार्तिक ९ गते बिहान ११ बजे अमुप्रस्थ पार्टी प्यालेसमा हुने जानकारी दिदै डंगोलले व्यापक सहभागिताका लागि नगरवासीमा अनुरोध समेत गरेका छन।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै