टाेखालाइभ डट कम /कात्तिक ६ ,२०७८
नेकपा एमाले टोखा नगरपालिका वडा ३ को अध्यक्षमा सुर्यमान डंगोल सर्वसम्मत चयन भएका छन्। शनिबार बिएल भ्वय: छें पार्टी प्यालेसमा सम्पन्न वडा ३ को दोस्रो अधिवेशनमा टाेखा नगर प्रमुख प्रकाश अधिकारीले पानसमा दिप प्रज्वलन गर्दै भेलाको उद्घाटन गर्नु भएको थियोे ।

टाेखा नगरपालिका वडा ३ को दोस्रो अधिवेशन भेलाले सुर्यमान डंगोललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
समितिको उपाध्यक्षमा सरस्वती न्यौपाने , सचिवमा सबिता रिजाल , सहसचिवमा रविना श्रेष्ठ , अर्का उपसचिवमा उद्धव पाण्डे , सदस्यमा प्रकाश डंगोल , प्रेम लाल महर्जन, हरिकृष्ण श्रेष्ठ , सुनिता डंगोल,सुजन लवट सहित ३१ सदस्यीय वडा समिति गठन भएको छ।

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सदस्य बाबुलाल डंगोल,जिल्ला कमिटी सदस्य इन्चार्ज राधेश्याम श्रेष्ठ , टाेखा नगरपालिका कानुनी सल्लाहकार बेखा नारायण डंगोल ,
टोखा नगर प्रमुख प्रकाश अधिकारी लगायतले अधिवेशनमा पार्टीको चर्चा गर्दै सर्वसम्मत भएका नयाँ कार्यसमितिलाई स्वागत गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा टाेखा नगर उप- प्रमुख ज्ञानमाया डंगोल , टाेखा नगरकमिटीका अध्यक्ष सत्यनारायण डंगोल , क्षेत्रीय सदस्य सानुलाल श्रेष्ठ , रमेश डंगोल, अखिल नेपाल महिला संघ टाेखाका अध्यक्ष भुमा गुरुङको उपस्थिति रहेको कार्यक्रममा बागमती प्रदेश सांसद दिपक निरौलाले पार्टीको रणनीति बिषयमा प्रशिक्षण समेत प्रदान गरेका थिए ।

आजै सम्पन्न टोखा नगरपालिकाका विभिन्न वडास्तरिय अधिवेशनले वडाको पार्टी संगठन समिति गठन समेत गरेको छ। जस अन्तर्गत वडा नम्बर १ को अध्यक्षमा दिलबहादुर तामाङ,टाेखा वडा २ को अध्यक्षमा राजकाजी डंगोल,टाेखा वडा ३मा अध्यक्ष सुर्यमान डंगोल, वडा ४ का अध्यक्षमा किरण थापा,टाेखा वडा ५ मा अध्यक्ष मदन गुरुङ, टाेखा वडा ६ मा अध्यक्ष बिजय श्रेष्ठ,टाेखा वडा ७ मा अध्यक्ष शिवकुमार के.सी.टाेखा वडा ८ मा अध्यक्ष रमेश खत्री,टाेखा वडा ९ मा अध्यक्ष राम भक्त घिमिरे, वडा १० मा अध्यक्ष सुनिल महर्जन,टाेखा वडा ११ मा अध्यक्ष हरिकुमार श्रेष्ठ चयन भएका छन्।

