• TOKHA LIVE

    • ६ कार्तिक २०७८, शनिबार ०५:४३

    नेपाल स्काउटका प्रमुख स्काउट युवा तथा खेलकुद मन्त्री गहतराजको दिक्षान्त समारोह सम्पन्न

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम /कार्तिक ६,२०७८

    नेपाल स्काउटको प्रमुख स्काउट माननीय युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज( अथक) कार्यक्रम सम्पन्न भएको छ।

    कार्तिक ५ गते शुक्रबार नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा आयोजित एक समारोहमा दीक्षा ग्रहण गर्नुभएको हो। नेपाल स्काउट ऐन २०५० बमोजिम माननीय मन्त्रीले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहमा स्ववाचन गरी दीक्षा ग्रहण गरेको थियो।

    मन्त्रीको दीक्षान्त प्रश्चात बरिष्ट स्काउटर प्रा.गोबिन्द्र नारायण ज्याटूले प्रमुख स्काउटलाई नेपाल स्काउट स्काफ प्रदान गरेको थियो। साथै नेपाल स्काउट का निर्देशक रामप्रसाद भट्टराईले माल्यार्पण गर्नुभएको थियो। कार्यक्रममा निर्देशनात्मक मन्तव्य राख्दै प्रमुख स्काउटले नेपाल स्काउटका युवाहरुलाई नैतिक शिक्षा अनुशासन र राष्ट्र प्रेम सिकाउने संस्थाको रुपमा सबल बनाउने बताए। नेपाल स्काउटमा राजनीतिक हस्तक्षेप नहोस भन्नेमा आफू पनि दृढ रहेको बताउनुभयो।

    नेपाल स्काउट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पहिचान बोकेको संस्थालाई अगाडि बढाउन सबैको सल्लाह अग्रज लिडरहरु सल्लाह सुझाव लिएर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन्। हिजो भएको दीक्षान्त समारोहमा नेपाल स्काउटका वरिष्ठ स्काउटर प्राध्यापक गोविन्द नारायण ज्यापुलाई सम्मान समेत गरेको थियो। प्रमुख स्काउट माननीय मन्त्रीले रा.प्रा.का. परिसरमा लर्ड वेडेन पावेल र ओलेभ बेडेन पावेलको प्रतिमामा माल्यार्पण गर्नुभएको थियो। नेपाल स्काउटका भौतिक सम्पत्तिको बारेमा जानकारी दिँदै अवलोकन गर्नु परेको थियो।

    कार्यक्रममा नेपाल स्काउटका पूर्वराष्ट्रिय पदाधिकारी प्रदेश संयोजक उपत्यकाभित्र रहेका वरिष्ठ स्काउटरहरु तथा स्थानीय तहका संयोजकहरु लगायत स्काउटर तथा रोभर लिडर, रेञ्जर लिडरहरु रोभर रेञ्जरहरुको उपस्थित रहेको थियो।

    नेपाल स्काउट २००९(१९५२) सालमा नेपालमा स्थापना भएको यो संस्था हालसम्म निरन्तर रुपमा सबै जिल्लाहरुमा क्रियाशील रहेको छ। अनुशासन साहस एवं सहयोगीलाई मूलमन्त्र मानेर अघिबढेको बढेको संस्था हो।

    स्काउटको मिसन अनुसार नेपालका युवाहरूलाई जिम्बेवार नागरिक बनाउने अभियानमा जनाइएको छ। युवाहरूको भौतिक,बौद्धिक, सामाजिक, आध्यात्मिक तथा भावनात्मक विकास गर्ने लक्ष्य बोकेको नेपाल स्काउटले लिएको छ। नेपाल स्काउट एक विशुद्ध गैरराजनीतिक एवं सामाजिक अभियानको अभियन्ताको रुपमा आम नेपाली युवायुवती, बालबालिका, किशोरकिशोरी, तथा वृद्धवृद्धाहरुलाई चेतनाको विकास गराई देश विकास तथा समृद्धिका निम्ति आर्थिक नैतिक सामाजिक मानसिक सांस्कृतिक रुपान्तरण हस्तान्तरण गराउने कार्यमा निरन्तर लागी परेका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै