• Sanu Raj Dangol

      Sanu Raj Dangol

    • २२ आश्विन २०७८, शुक्रबार १४:४५

    टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा आजबाट भिडियो एक्स-रे,युएसजी र अल्टासाउण्ड सेवा सुरु

    टाेखालाइभ डट कम/असोज २२,२०७८

    टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा आज देखी ‘भिडियो एक्सरे सेवा’ सुरु भएको छ । टोखा नगरपालिका–२ मा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित उक्त केन्द्रले आज असोज २२ गतेदेखि प्रत्येक शुक्रबार सो सेवा सुरु गर्न लागेको एक सूचना प्रकाशित गरेको थियो  ।

    केन्द्रका प्रमुख डा एरिसा पौडेलले स्वास्थ्य संस्थामा आज देखि स–शुल्क भिडियो एक्स–रे (युएसजी र अल्टासोनोग्राम) सेवा सुचारू भएको जानकारी  दिनुभयो । प्रत्येक हप्ताको शुक्रबार मात्रै सेवा संचालन हुने भिडियो एक्स–रे (युएसजी र अल्टासोनोग्राम) सेवाको पहिलो दिन आज २ जनाले युएसजी र अल्टासोनोग्राम सेवा प्राप्त गर्न सफल भएको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अफिसर डा.मदन रत्न न्यौपानेले टाेखालाइभ डट कमलाई जानकारी दिनुभयो।

    हाल टोखा नगरपालिकाका ११ वटै वडामा स्वास्थ्य केन्द्र  सञ्चालनमा रहेका छन् ।

    टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई वाग्मती प्रदेशले प्रादेशिक अस्पतालका रुपमा रुपान्तरण गर्नका लागि यसअघि नै मन्त्री परिषद्ले निर्णय गरिसकेको छ ।

     

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै