• Sanu Raj Dangol

    • २० आश्विन २०७८, बुधबार ११:००

    टाेखा १ झोरका किसानहरुलाई ५० प्रतिशत अनुदानमा मिनि टिलर बितरण सम्पन्न

    टाेखालाइभ डट कम/ असोज २०,२०७८

    काठमाडौं । टोखा नगरपालिका १ वडा झोरका किसानहरुलाई
    मिनि टिलर बितरण गरेको छ। टाेखा नगरपालिकाकै प्रमुख कृषि आधार क्षेत्र मध्य एक मानिने टाेखा १ झाेरका किसानहरुलाई टाेखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले ९ वटा मिनिटिलर तथा २ वटा पावर ट्रेलर बितरण गर्नुभयो ।

    टोखा नगरपालिका कृषि शाखाको आयोजनामा
    टाेखा नगरपालिका वडा १ कार्यक्षेत्रका किसानलाई मिनि टिलर टोखा नगरपालिकाको ५० प्रतिशत र कृषकको ५० प्रतिशत साझेदारीमा १ नं वडा भित्रका भित्रका ११ जना किसानलाई मिनिटिलर बितरण गरीएको हो।

    कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीले परम्परागत खेतिलाई आधुनिक खेतिमा रुपान्तरण गर्दै
    कृषिलाई आधुनिकरण गर्न र उत्पादनलाई वृद्धि गर्न हाते ट्याक्टरको प्रयोग गरि कृषि उत्पादनमा अत्यधिक
    बिकास गर्न उपकरणहरु बितरण गरीएको नगर प्रमुख प्रकाश अधिकारीले बताए ।टोखा नगरपालिकाकै कृषिको हव रहेको वडा नं १ लाई कृषि क्षेत्रको समग्र बिकाशका लागी नगरपालिकाले बिभिन्न कार्यक्रम गर्दे आएको नगर प्रमुख अधिकारीले बताए ।

    कृषिलाई यान्त्रिकरण गर्दै कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न सहयोग गर्ने उद्धेश्यले कृषक तथा समुहलाई ५० प्रतिशत अनुदानमा औजार बितरण गरिएको बताउदै वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले कृषिलाई आधुनिकरण गर्न र उत्पादनलाई वृद्धि गर्न हाते ट्याक्टरको प्रयोगलाई जोड दिइएको बताउनुभयो।

    कार्यक्रममा टोखा नगरपालिका कृषि शाखा प्रमुख सुमित्रा पाठकले गत साता टाेखा नगरपालिकाको विभिन्न वडामा १ दिने मिनिटर मर्मत तालिम आयोजना गरेर यस अघि टाेखा नगरपालिकाले ५० प्रतिशत अनुदान वितरण गरिएका हातेट्याक्टरका किसानलाई मर्मत र प्रयोग सम्बन्धि तालिम दिइएको बताउदै कृषकलाई सहुलियतपूर्ण वितरण गरेको हाते ट्याक्टर कृषकलाई घरदैलो मै तालीम दिइ समयको बचत, पैसाको बचत भै यान्त्रिकरणमा दक्षता हासिल गराउन मिनिटर मर्मत तालिम सम्बन्धित विषयमा ज्ञान दिइ किसानले प्रयोगका क्रममा आउने समस्या आफैंले नै समाधान गर्न सक्ने बनाउन मिनिटिलर मर्मत तालिम समेत दिइसकिएको बताइन् ।

    कार्यक्रममा टोखा नगरपालिका १ का वडाध्यक्ष श्रीकृष्ण अधिकारी, वडाका जनप्रतिनिधिहरु,टोखा नगरपालिका कृषि शाखा प्रमुख सुमित्रा पाठक लगायत शाखाका पदाधिकारीहरु लगायत कृषकहरुको उपस्थिति रहेको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै