• TOKHA LIVE

    • २० आश्विन २०७८, बुधबार ०९:००

    ककनी अन्तर्राष्ट्रिय स्काउट केन्द्रमा कार्यक्रमका लागि बुकिङ खुल्ला

    नविना श्रेष्ठ
    टाेखालाइभ संवाददाता /असोज २०,२०७८

    ककनी अन्तर्राष्ट्रिय स्काउट तालिम केन्द्रमा कार्यक्रमका लागि बुकिङ खुल्ला भएको छ। कोभिड-१९ महामारीको जोखिम उच्च रहेको र नेपाल सरकारबाट समेत तालिम सभा-सम्मेलन तथा गोष्ठीहरुको नगर्नु नगराउन भन्ने सूचना प्राप्त भएको अवस्थामा नेपाल स्काउट ककनी अन्तर्राष्ट्रिय स्काउट केन्द्र र राष्ट्रिय तालिम केन्द्र सुन्दरीजलमा सञ्चालन हुने स्काउटिङ् क्रियाकलापहरु २०७७ चैत ११ गते देखि स्थगित भएको थियो।

    भने हाल नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तोकेका सबै क्रियाकलापका स्वास्थ्य सुरक्षाका मापदण्डहरु जस्तै:-
    ज्वरो जाँच, बेला बेलामा साबुन पानीले हात धुने वा स्यानिटाइज गर्ने मास्कको अनिवार्य प्रयोग गर्ने र एकअर्काबीच कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गरी स्काउटिङ् क्रियाकलापहरु सञ्चालन गर्न सकिने बताएका छन्।

    २०७८ असोज १५ गते देखि ककनी अन्तर्राष्ट्रिय स्काउट केन्द्रमा स्काउटिङ् क्रियाकलापहरु संचालन बुकिङ खुल्ला रहने नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरले सूचना प्रकाशित गरेको छ।

    ककनी अन्तर्राष्ट्रिय स्काउट केन्द्रमा कार्यक्रम गर्दा अपनाउनु पर्ने स्वास्थ्य मापदण्डहरु निम्न अनुसार प्रस्तुत गरेका छन्।
    १. एक पटकमा बढीमा २ टुपसम्म एकै पटक कार्यक्रम संचालन गर्न सकिने,
    २. नेपाल सरकार स्वास्थ्य मन्त्रालय द्वारा कोभिड-१९ संक्रमण सम्बन्धी जारी अत्यावश्यक र आधारभूत जनस्वास्थ्य मापदण्डहरूको अनिवार्य पालना गर्नु पर्ने,
    ३. सहभागी आफू कोभिड-१९ को संक्रमणबाट संक्रमित भए नभएको स्वयंले घोषणा गर्नुपर्ने, संक्रमित व्यक्तिले केन्द्रमा प्रवेश गर्न पाइने छैन।
    ४. व्यक्ति स्वयंले आफ्नो लागि माक्स र सेनिटाइजरको व्यवस्था आफैं गर्ने
    ५. स्काउट सम्बन्धी क्रियाकलापहरु सञ्चालन गर्दा एक आपसमा दुई मिटरको दूरी काम गर्नुपर्ने
    ६. केन्द्रमा प्रवेश गर्दा बाहिर निस्कदा शैचालय प्रयोग गर्दा भिडभाड नगरीकन क्रमैसँग तोकिएको स्थानमा जाने
    ७. स्काउट सम्बन्धी क्रियाकलापहरु संचालन गर्दा संक्रमण रोग नियन्त्रण तथा रोकथाम सँग सम्बन्धित नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट जारी गरिएका सबै मापदण्डहरुको पालना गर्ने,

    ककनी अन्तर्राष्ट्रिय स्काउट केन्द्रमा स्काउटका क्रियाकलापहरु गर्न बुकिङको लागि नेपाल राष्ट्रिय प्रधान कार्यालय व्यवसाय विकास शाखामा सम्पर्क गर्न सकिने नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले जनाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै