• TOKHA LIVE

    • १६ आश्विन २०७८, शनिबार ०६:०८

    राजनीतिक कक्षा सञ्चालन आवश्यकः अध्यक्ष बिजुक्छेँ

    टोखा लाइभ । २०७८ असोज १६ गते

    काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँल जनताको चेतनास्तर उकास्न र नागरिक भावना जागृत गर्न व्यवहारिक तथा राजनीतिक कक्षा सञ्चालन गर्नुपर्ने बताएका छन्।

    कोभिड–१९ को जोखिमको सामना गर्नेबारे ख्वप अस्पतालका चिकित्सक एवं नर्सहरुसँग शुक्रवार अन्तर्क्रिया गर्दै अध्यक्ष बिजुक्छेँले नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउनु जरुरी रहेको बताए। अस्पतालमा गुणस्तरीय सेवा प्रवाह गर्न व्यवस्थापन पक्ष बलियो हुनुपर्नेमा उहाँले जोड दिए । अस्पतालले जनताको विश्वास जित्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष बिजुक्छेँले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको व्यवहार सधैँ नम्र हुनुपर्ने बताए ।

    कार्यक्रममा ख्वप अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अस्पतालले दिने सेवा प्रवाहमा जनताको गुनासो र विरोध हुने कुनै पनि काम नगर्न आग्रह गरे । चिकित्सकको असल व्यवहारका कारण जनताको अस्पतालप्रतिको अपनत्व कायम हुने उनको भनाइ थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै