नविना श्रेष्ठ
टाेखालाइभ संवाददाता /असोज १४,२०७८
नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौर काठमाडौँमा विश्व मुटु दिवसको अबसरमा मुटु सम्बन्धी CPR प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल स्काउटका रेञ्जर लिडर पुनम कर्माचार्यले मुटु सम्बन्धी CPR मानिसलाई कस्तो अवस्थामा दिने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो।
पहिला भन्दा अहिले प्रदूषण वातावरण तथा जमफुद जस्ता खाने कुराले गर्दा धेरै मानिसहरुमा मुटुको रोग देखा परेको तथा धेरै जसो बाथरोग, उच्च रक्तचाप, सुगर रोग, जस्ता रोगहरुले गर्दा मुटु रोग हुने डा.रञ्जीत बरालले कार्यक्रममा उपस्थित स्काउटर, रोभर लिडर,रेञ्जर लिडर, रोभर, रेञ्जरहरुलाई बुझाइएको थियो।
उनी गंगालाल अस्पतालमा विगत ३० वर्ष काम गरिसकेको र झण्डै १५,२० वर्ष अगाडि अमेरिकामा उहाँले उच्च रक्तचापको विषयमा प्रिजेन्तेसन पनि गरेको बताउनुभयो। नेपाल स्काउटको आयोजनामा भएको विश्व मुटु दिवसको अवसर पारेर आज मुटु सम्बन्धी कार्यक्रममा निर्देशक रामप्रसाद भट्टराइले अबका दिनहरुमा यूवाहरु बालबालिका किशोर किशोरीहरुलाई समेट्न सक्यो भने यस्ता रोग लाग्न बाट थोरै भए पनि युवाहरुलाई यो रोग लाग्न बाट बचाउन सकिने बताए।
युवाहरूको लागि यस्ता कार्यक्रमको खाँचो रहेकोले आजको यो कार्यक्रम गरेको र आगामी वर्ष, दिनहरुमा पनि स्वास्थ्य सम्बन्धी प्रशिक्षण कार्यक्रम गर्ने जानकारी दिनुभयो।

