• Sanu Raj Dangol

    • १३ आश्विन २०७८, बुधबार १५:२६

    बूढानीलकण्ठ नगरपालिकामा घरपालुवा तथा छाडा कुकुरलाई रेविज विरुद्धको खोप

    टाेखालाइभ डट कम/असोज १३,२०७८

    ” रेबिज : तथ्य बुझौं, त्रसित नहाेऔं” भन्ने नाराको साथ
    १५ औं विश्व रेबिज दिवसको अवसरमा
    बूढानीलकण्ठ नगरपालिका पशु सेवा शाखाले घरपालुवा तथा छाडा कुकुरलाई रेविज विरुद्धको खोप भ्याक्सिनेशन कार्यक्रम हिजो देखि शुरु भएको  छ।

    बूढानीलकण्ठ नगरपालिका वडा नं.२ का अध्यक्ष राजेन्द्र खड्काले १५ औं विश्व रेबिज दिवसको उद्घाटन गर्नुभएको रेविज विरुद्धको खोप भ्याक्सिनेशन कार्यक्रम सप्ताहव्यापी रुपमा चल्नेछ। नगरभित्रका घर पालुवा , छाडा कुकुर अन्य जनावर लगायत समुदायमा रहेका बेवारिसे घर पालुवा अन्य कुकुरलाई पनि रेबिज विरुद्धको भ्याक्सिन लगाईने बूढानीलकण्ठ नगरपालिका पशु शाखा प्रमुख तथा पशु स्वास्थ्य चिकित्सक काजी बहादुर श्रेष्ठले जानकारी दिनुभयो।

    हिजो असोज १३ गते बूढानीलकण्ठ नगरपालिका वडा २ का १२९ वटा कुकुरलाई भ्याक्सिन लगाईएको र आज असोज १४ गते बूढानीलकण्ठ नगरपालिका वडा नं.११ का ४ स्टेशन र १२ का २ स्टेशनबाट १५० कुकुरलाई भ्याक्सिन लगाईएको बूढानीलकण्ठ नगरपालिका पशु शाखा प्रमुख काजी बहादुर श्रेष्ठले टाेखालाइभ डट कमलाई बताउनुभयो । उहाँले रेबिज जस्तो प्राणघातक रोगबाट पशु तथा मानव सुरक्षित राख्न बूढानीलकण्ठ नगरपालिका सधै प्रतिबद्ध रहेको बताउनुभयो।फाेटाे सौजन्य: एचटिभि खबर डट कम

    Facebook Comments

    छुटाउनुभयो कि? सबै