नविना श्रेष्ठ
टाेखालाइभ संवाददाता /असोज ११,२०७८
नेपाल स्काउट संस्थामा आफूले पूरा जिम्मेवारी निभाएको तथा स्काउटको ऐन कानुन बनाउने कुरामा सरकार असक्षम अदुरदर्शी रहेको नेपाल स्काउट निवर्तमान संयोजक लोकवहादुर भण्डारीले दाबी गरेका छन्।

असोज ११ गते सोमबार नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौर काठमाडौँमा आयोजित नेपाल स्काउट विशेष पत्रकार सम्मेलन एक कार्यक्रमा निवर्तमान संयोजक लोकवहादुर भण्डारीले स्काउटलाई अघि बढ्नै नसक्नेहरुले आफूलाई निकालेको बताए।
अबको आफ्नो बाटो कानूनी सल्लाह भएको बताउँदै सरकारलाई आफूले नेपाल स्काउटले मागेको ऐन नदिएको अनि अर्कोलाई एउटा आरोप लगाएर निकाल्नका लागि निकालिएको छ, म निकालिएको मात्र हो मैले जिम्मेवारी पूरा नगरेको होइन भण्डारीले बताए।

७० बर्षको इतिहासमै सबभन्दा बढी कार्यक्रम र तुलनात्मक रुपमा परिणाममुखी एवं ऐतिहासिक महत्वका कार्यहरु गर्दै नेपाल स्काउटलाई एउटा नयाँ उचाइमा पुर्याउने हालको आफ्नो नेतृत्वको राष्ट्रीय तदर्थ समितिलाई नेपाल स्काउटका संरक्षक एवं प्रमुख स्काउट समेत रहेको सम्माननिय प्रधानमन्त्री ज्यूले जिम्मेवारी पूरा गर्न नसकेकाले जिम्मेवारीबाट अलग गरिएको भन्ने निर्णय अस्वाभाविक र आश्चर्यजनक रहेको बताउनुभयो। नेपाल स्काउट फेरिपनि अर्को तदर्थ समितिको श्रृंखलाबाट मुक्त गरी निर्वाचन नेतृत्व स्थापित गर्न समेत आग्रह गरे, आफूलाई सामाजिक सञ्जालमा समेत आक्रमण भइरहेको र व्यक्तिगत जीवनको विषयवस्तुलाई जोडेर आफूमाथि प्रहार भैरहेको निवर्तमान संयोजक भण्डारीले जानकारी दिनुभयो।

नेपाल स्काउटको राष्ट्रिय तदर्थ समितिका संयोजक तथा सदस्यहरूको विधायिका गरिएका थिए। निवर्तमान संयोजक लोकबहादुर भण्डारी तथा सदस्य बिजेन्द्र ध्वजुलाई निर्देशक राम प्रसाद भट्टराइले मायाको चिनो प्रदान गरी बिदाइ गरेको थियो।
कार्यक्रममा निबर्तमान संयोजक भण्डारीले आफू नियुक्त भएदेखि हालसम्म गरेको महत्वपूर्ण कार्य तथा उपलब्धिहरूको विवरण प्रस्तुत गर्दै आफ्नो कार्यकालमा सहयोग पुर्याउने सबैमा धन्यवाद ज्ञापन गर्दै स्काउटको विकासमा निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन्। पत्रकार सम्मेलन कार्यक्रममा नेपाल स्काउटको वार्षिक प्रतिवेदन र अन्तर्राष्ट्रिय स्काउट केन्द्रको बृहत्तर विकासका लागि गुरुयोजनाको झलक समेत प्रस्तुत गरेको थियो।

