• TOKHA LIVE

    • १० आश्विन २०७८, आईतवार १९:२०

    भेरोसेल खोपको पहिलो मात्रा लगाइने सम्बन्धमा टाेखा नगरप्रमुखको अपिल

    टाेखालाइभ डट कम/असोज १०,२०७८

    भोलिदेखि टाेखा नगरपालिकामा १८ वर्ष माथिकालाई काेभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ। टाेखा नगरपालिकाले १८ वर्ष भन्दा माथिका र यसअघि छुटेकालाई खोप दिन लागिएको हो।

    असोज ११ गते सोमबार ,१२ गते मंगलबार र १३ गते बुधबार गरि ३ दिन टाेखा नगरपालिकामा काेभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन अपिल गर्दै टाेखा नगरप्रमुख प्रकाश अधिकारीले टाेखा नगरवासीमा अनुरोध गर्नुभएको छ।

    भेरोसेल खोपको दोस्रो मात्राका लागि टाेखा नगरपालिकाका ११ वटै खोप केन्द्रहरु टाेकिएको छ । जसमा झरना पार्टी प्यालेस टाेखा वडा नं.१, टाेखा वडा २ कार्यालय भवन,टाेखा वडा नं.३ कार्यालय भवन ,धापसी मावी टाेखा वडा नं.४,श्री समाज भवन टाेखा वडा नं.५,मनकामना मन्दिर टाेखा वडा नं.६,तिलिङ्गटार मावी टाेखा वडा ७ , गाेंगबुं स्वास्थ्य चौकी भवन टाेखा वडा नं.८,नेवा :पुच: टाेखा वडा नं.९,मनोहर मावी टाेखा वडा १० र सामुदायिक भवन टाेखा वडा नं.११ गरि खोप केन्द्र ११ वटा टाेकिएको छ।

    खोप लगाउन अनलाइन दर्ताको लागि https://vaccine.mohp.gov.np/मा दर्ता गरि नं. लिएर जान सकिन्छ।

    टाेखा नगरपालिकाको सुचना :

    Facebook Comments

    छुटाउनुभयो कि? सबै