टोखा, काठमाडौं असोज १७। ऐतिहासिक तथा सांस्कृतिक नगरी टोखाको महत्वपूर्ण धरोहरका रूपमा मानिने जीवित देवी गणेश (नयाँ गणेश) को आज शनिबार प्राण प्रतिष्ठा सम्पन्न भएपछि सांस्कृतिक सहर टोखामा नयाँ गणेशको आगमन हुने भएको छ।
जीवित देवी गणेशको प्राण प्रतिष्ठापछि नयाँ गणेशको आगमन हुने जनाउँदै सम्बन्धित गुठी तथा आयोजकले श्रद्धालु तथा स्थानीयवासीलाई निर्धारित समय र स्थानमा उपस्थित हुन्नुरोध गरेका छन्।
प्राण प्रतिष्ठासँगै टोखाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक परम्परालाई निरन्तरता दिने विश्वास गरिएको छ। स्थानीयवासीले यसलाई टोखाको मौलिक संस्कृति र सम्पदासँग जोडिएको महत्वपूर्ण अवसरका रूपमा लिएका छन्।
टोखाको संस्कृति नेवार समुदायको जीवनपद्धति, जात्रा, पर्व, गुठी परम्परा, कला, वास्तुकला र धार्मिक आस्थासँग गहिरोसँग जोडिएको छ। यहाँका प्राचीन मन्दिर, चैत्य, पाटी पौवा तथा ऐतिहासिक बस्तीले पुस्तौंदेखि स्थानीय पहिचान र सामाजिक एकतालाई जोगाउँदै आएका छन्। जीवित देवी गणेशको परम्परा पनि यही समृद्ध सांस्कृतिक विरासतको महत्वपूर्ण हिस्सा हो।विशेष जिवित देविको आगमन प्रसिद्ध टाेखा बिस्का: नख:/ जात्रा र खद्ग जात्रामा गणेश कुमारीले जात्रा हेर्ने परम्परा छ जिवित देवि गणेशकुमारीको सरकारी पुजा पश्चात् मात्रै जात्राको शुभ मुर्हुत हुने पौराणिक प्रचलन रहेकोे छ।
यस्ता धार्मिक तथा सांस्कृतिक अनुष्ठानले नयाँ पुस्तालाई आफ्नो इतिहास, परम्परा र मौलिक पहिचानसँग परिचित गराउनुका साथै समुदायबीच सहकार्य, सद्भाव र एकताको भावना बलियो बनाउने विश्वास गरिएको छ। त्यसैले प्राण प्रतिष्ठा केवल धार्मिक विधि मात्र नभई टोखाको जीवित संस्कृति संरक्षण र पुस्तान्तरणको महत्वपूर्ण हिस्सा समेत हो।

