• TOKHA LIVE

      TOKHA LIVE

    • १६ आश्विन २०८३, शुक्रबार ०७:४८

    टोखा वडा नं. ३ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा गरिँदै,( सुचक सहित)

     

    टोखा, काठमाडौँ असोज १६ । टोखा नगरपालिका वडा नं. ३ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा गरिने भएको छ।
    वडा कार्यालयका अनुसार असोज १७ गते बिहान १० बजे वडा कार्यालय भवन प्राङ्गणमा  विशेष कार्यक्रम आयोजना गरी वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा गर्न लागिएको हो।
    टोखा नगरपालिकाको बालअधिकार संरक्षणसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम आवश्यक सम्पूर्ण मापदण्ड तथा सूचकहरू पूरा भएपछि वडा समितिको निर्णयअनुसार घोषणा कार्यक्रम तय गरिएको हो।
    वडा अध्यक्ष रमेश डंगोलद्वारा जारी सूचनामार्फत टोखा नगरवासी तथा वडा नं. ३ का सम्पूर्ण वडावासीलाई कार्यक्रममा उपस्थित भई बालमैत्री वडा घोषणाको साक्षी बन्न आग्रह गरिएको छ।

     

    बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ बालमैत्री स्थानीय शासनका न्यूनतम सेवा सूचकहरू

    बालमैत्री स्थानीय शासनका न्यूनतम सूचकहरू बाल बचाउका १४ वटा सूचकहरू

    १.

    गर्भवती महिलाहरूले कम्तिमा प्रसूति पूर्व आठ पटक र प्रसूति पश्चात आमा र नवजात शिशुको कम्तिमा ३ पटक (३ दिन, १ हप्तामा, ६ हप्तामा) स्वास्थ्य जाँच गराएको हुनेछन् ।

    २.

    गर्भवती महिलाले टिडी (टिटानस र डिप्थेरीया) विरुद्धको २ वटा खोप लगाएका हुनेछन् ।

    ३.

    गर्भवती तथा सुत्केरी आमाहरूले आईरन चक्की (जम्मा २२५ वटा) खाएका हुनेछन् ।

    ४.

    गर्भवती आमाले दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराएका हुनेछन् ।

    ५.

    ६ महिनासम्मको शिशुलाई आमाले अनिवार्य रूपमा पूर्ण स्तनपान गराएका हुनेछन् ।

    ६.

    ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाले वर्षको २ पटक भिटामिन ए क्याप्सुल खाएको हुनेछन् ।

    ७.

    १५ महिना भित्रका प्रत्येक बालबालिकाले नेपाल सरकारले तोकेका सबै र पूर्ण खोप प्राप्तगरी पूर्ण खोपयुक्त घोषणा भएको हुनेछ ।

    ८.

    एचआईभी संक्रमित आमाबाट जन्मिएका बालबालिकाले ARV/Prophylaxis पाएका हुनेछन् ।

    ९.

    सबै घरपरिवारले आयोडिनयुक्त नुनको प्रयोग गरेका हुनेछन् ।

    १०.

    कमतौल, पुड्को र ख्याउटेपन हुने पाँचवर्ष मुनिका बालबालिकाको संख्यामा कमि आएको हुनेछ ।

    ११.

    अति कडा कुपोषण भएका बालबालिकाको संख्या शुन्य भएको हुनेछ ।

    १२.

    सबै घरधुरीमा आधारभूत तहको खानेपानीको सुविधा उपलब्ध भएको हुनेछ ।

    १३.

    चर्पी गएपछि, बालबालिकाको दिसा धोए पछि र खाना खानु/खुवाउनु अगाडि साबुन पानीले हात धुने परिपाटीको विकास भएको हुनेछ ।

    १४.

    प्रत्येक घरपरिवारले शौचालयको प्रयोग भएको तथा खुल्ला दिसामुक्त घोषणा भएको हुनेछ ।

    बाल संरक्षण

    १० वटा सूचकहरू

    १५.

    ५ वर्ष मुनीका सबै बालबालिकाको जन्मदर्ता भएको हुनेछ ।

    १६.

    निकृष्ट प्रकारको बालश्रम अन्त्य गर्दै प्रभावित बालबालिकाको पुनर्स्थापना भएको हुनेछ ।

    १७.

    स्थानीय तह बालविवाह मुक्त घोषणा भएको हुनेछ ।

    १८.

    घरपरिवार समुदाय, सार्वजनिक स्थान (विद्यालय, सामाजिक चार्डपर्व, भेला) मा बालबालिका विरुद्ध हुने हिंसा, बेचबिखन, शोषण, वेवास्था र दुर्व्यवहारमा कमी आएको हुनेछ ।

    १९.

    समुदायमा आधारित बाल संरक्षण प्रणाली स्थापित भई सञ्चालनमा ल्याईएको हुनेछ ।

     

    २०

    छाउपडी, कमलरी जस्ता सामाजिक कुप्रथा नरहेको हुनेछ ।

    २१.
    स्थानीय तह/समुदायले १४ वर्ष मुनिका असहाय बालबालिका (भएमा)को संरक्षण गर्न विषेश व्यवस्था गरेका हुनेछन् ।

    २२.

    स्थानीय तहमा सडक बालबालिकाको संख्या शून्य भएको हुनेछ । सडक बालबालिकालाई (भएकोमा) बालगृहमा राखी व्यवस्थापन भएको हुने)

    २३.

    स्थानीय तहमा रहेका विद्यालयहरूले बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिने छैनन् ।

    २४.

    कुलतमा लागेका बालबालिकालाई बाल सुधारगृहमा राख्ने व्यवस्था मिलाएको हुनेछन् ।

    बाल विकास

    ६ वटा सूचकहरू

    २५

    ४ देखि ५ वर्षसम्मका बालबालिका प्रारम्भिक बालविकास कक्षामा भर्ना भई टिकाउदर सतप्रतिशत रहेको हुनेछ । (फरक क्षमता भएका बालबालिकाको हकमा विशेष व्यवस्था हुनुपर्ने)

    २६.

    ५ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले आधारभूत शिक्षा (१ देखि कक्षा ८ सम्म) पाएका हुनेछन् ।

    २७.

    प्रत्येक विद्यालयमा पानीको प्रयोग सुविधा सहित छात्रछात्राको लागि अलगअलग शौचालयको व्यवस्था भइ यसको प्रयोग हुनेछ ।

    २८.

    सबै विद्यालयका पूर्वाधार (कक्षा कोठा, फर्निचर, खेलमैदान, खानेपानीको धारा) बालमैत्री, अपाङ्गमैत्री र सुरक्षित भएका हुनेछन् ।

    २९.

    प्रत्येक विद्यालयमा अतिरिक्त क्रियाकलाप सम्बन्धी कार्यक्रम सञ्चालन भएको हुनेछ ।

    ३०.

    सबै विद्यालयहरूले कुहिने र नकुहिने फोहोर अलग-अलग विसर्जन गर्ने व्यवस्था गरेका हुनेछन् ।

    बाल सहभागिता

    ६ वटा सूचकहरू

    ३१.

    स्थानीय तहमा समावेशी आधारमा बाल सञ्जाल गठन भइ क्रियाशील (न्यूनतम वार्षिक ३ वटा बैठक र ३ वटा कार्यक्रम सञ्चालन) रहेका हुनेछन् ।

    ३२.

    स्थानीय तहका बस्ती बा टोल र विद्यालयहरूमा समावेशी आधारमा बालक्लब गठन भइ क्रियाशील (न्यूनतम वार्षिक ३ वटा बैठक र ३ वटा कार्यक्रम सञ्चालन) रहेका हुनेछन् ।

    ३३.

    ५ कक्षा भन्दामाथि अध्ययन अध्यापन हुने विद्यालयका व्यवस्थापन समितिमा बालक्लबको प्रतिनिधित्व रहनेछ ।

    ३४.

    स्वास्थ्य व्यवस्थापन समितिमा बालक्लब/सञ्जालको प्रतिनिधित्व हुनेछ ।

    ३५.

    स्थानीय तहमा रहेका बालबालिका सम्बन्धी सरोकारका संरचना/समितिहरूमा १२ देखि १८ वर्षका बालबालिकाको संस्थागत सहभागिता सुनिश्चित गरिएको हुनेछ ।

    ३६.

    बालभेलाबाट माग भई आएका योजनाहरू स्थानीय तहको योजनामा समावेश भएका हुनेछन् ।

    संस्थागत विकास

    १५ वटा सूचकहरू

    ३७.

    वडा, गाउँ/नगरपालिका तहमा बालमैत्री स्थानीय शासन समितिहरू गठन भइ क्रियाशील रहेका हुनेछन् ।

    ३८.

    स्थानीय तहहरूले आफ्नो लागि बालमैत्री आचारसंहिता र नीति नियम तर्जुमा गरी कार्यान्वयनमा ल्याएका हुनेछन् ।

    ३९.

    गाउँ/नगरपालिकामा कम्तिमा एक बाल उद्यान सहितको बालमैत्री सिकाइ स्रोतकेन्द्र सञ्चालनमा रहेको हुनेछ ।

    ४०.

    बालबालिकाको बस्तुगत विवरण (प्रोफाइल) को आधारमा स्थानीय तहको विकास योजना र बालबालिकाको लागि लगानी योजना तर्जुमा भई कार्यान्वयन भएको हुनेछ ।

    ४१.

    स्थानीय तहको योजना तर्जुमा पूर्व वार्षिक रूपमा वडा र गाउँ/नगरपालिका तहमा बालभेला आयोजना गरी बालभेलाले प्राथमिकता तोकेका विषयलाई स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा समावेश गरिएको हुनेछ ।

    ४२.

    स्थानीय तहमा बालबालिका सम्बन्धी स्थितिपत्र तयारी तथा प्रकाशन र अद्यावधिक भएको हुनेछ ।

    ४३.

    प्रारम्भिक बालविकास केन्द्रहरूले स्थानीय तहले तोकेको न्यूनतम् मापदण्ड पूरा गरेका हुनेछन् ।

    ४४.

    विद्यालयले कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूका लागि बालमैत्री, वातावरणमैत्री र विपद् व्यवस्थापन सम्बन्धी अतिरिक्त कक्षा सञ्चालन गरेका हुनेछन् ।

    ४५.

    आधारभूत शिक्षा पश्चात विद्यालय शिक्षाबाट वञ्चित भएका बालबालिकाले जीवन उपयोगी शिक्षा (व्यवसायिक तथा सीपमूलक तालिम) प्राप्त गरेका हुनेछन् ।

    ४६.

    स्थानीय तहमा रहेका प्रहरी (कार्यालय) चौकीहरूमा बालमैत्री कक्ष वा बालमैत्री सम्पर्क इकाइ रहेको हुनेछ ।

    ४७.

    विद्यार्थी सवार हुने शैक्षिक संस्थाका सवारी साधनहरू स्थानीय तहले तोकेको न्यूनतम मापदण्ड अनुसार बालमैत्री र अपाङ्गमैत्री हुनेछन् ।

    ४८.

    स्थानीय तहको प्रशासकीय कार्यालयमा स्तनपान कक्षको व्यवस्था भएका हुनेछ ।

    ४९.

    बसपार्क, सिनेमा हल, हाटबजार, खेल मैदान जस्ता सार्वजनिक स्थलहरूमा बालमैत्री शौचालय र खानेपानी धाराको व्यवस्था भएको हुनेछ ।

    ५०.

    स्थानीय तहको विपद् व्यवस्थापन योजनामा विपद्‌को समयमा बालबालिकाको आवश्यकता सम्बोधन गर्ने प्रावधान समावेश भएको हुनेछ ।

    ५१.

    विपद्को समयमा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूको विषेश सहयोगका लागि संस्थागत व्यवस्था भएको हुनेछ ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै