• TOKHA LIVE

      TOKHA LIVE

    • १५ आश्विन २०८३, बिहीबार ०७:१८

    टोखा वडा ३ मा सीपमूलक तालिम, इच्छुकलाई आवेदन दिन वडा कार्यालयको आग्रह

     

    काठमाडौं । टोखा नगरपालिका वडा नं. ३ ले वडावासीलाई सीपसँग जोड्दै आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ। वडा कार्यालयले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत योजना तथा कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गर्न लागेको हो। इच्छुक वडावासीलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र वडा कार्यालयमा आवेदन दिन आग्रह गरिएको छ।

    वडा कार्यालयका अनुसार सञ्चालन हुने तालिममा: बाध्यवाधन तालिम (एडभान्स) – ५० जना बारिस्ता तालिम -२० जना बेकरी तालिम (एडभान्स)  -२० जना प्लम्बिङ तालिम – २५ जना सहभागी हुन इच्छुकले नागरिकताको प्रतिलिपि, दुई प्रति फोटो, बसाइँसराइको प्रमाणपत्रको प्रतिलिपि (आवश्यक भएमा) र वडामा उपलब्ध निवेदन फाराम पेश गर्नुपर्नेछ।

    वडा कार्यालयले स्थानीय युवायुवती तथा सीप सिक्न चाहने वडावासीलाई तालिमको अवसर सदुपयोग गर्दै सीपलाई रोजगारी र आत्मनिर्भरतासँग जोड्न आग्रह गरेको छ।कार्यवाहक अध्यक्ष शान्ता राईद्वारा जारी सूचनामा इच्छुक वडावासीले तोकिएको समयभित्र आवेदन दिन अनुरोध गरिएको छ।

    सूचना:-

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै