• TOKHA LIVE

    • ६ आश्विन २०७८, बुधबार १५:३१

    अन्तर्राष्ट्रिय शान्ति दिवस तथा संविधान दिवसमा नेपाल स्काउटद्वारा सूर्यविनायक मन्दिर सफाइ

    नविना श्रेष्ठ
    टाेखालाइभ संवाददाता /असोज ६,२०७८

    अन्तर्राष्ट्रिय शान्ति दिवस तथा संविधान दिवसको उपलक्ष्यमा स्थानीय स्काउट कार्यालय सुर्यविनायक नगरपालिकाको सक्रियतामा सूर्यविनायक गणेश मन्दिरको माथि पार्वती मन्दिरमा सरसफाइ तथा रंगरोगन कार्य सम्पन्न भएको छ।

    सक्रियतामा हेटौडा महानगरपालिका स्काउट लिडरहरु सहित कार्यक्रममा उपस्थित रहेको थियो। हेटौडा महानगरपालिकाका स्काउट लिडरहरुले आर्थिक सहयोग गरेको थियो। कोभिड-१९ लाई मध्यनजर गर्दै धेरैजना उपस्थित नभइकन १० जनामात्र उपस्थित भई कार्यहरु गरेको सूर्यविनायक नगरपालिका पूर्व जिल्ला समन्वय आयुक्त शिव कुमार त्वायनाले जानकारी दिनुभयो।

    सरसफाइ तथा रंगरोगन कार्यक्रममा सूर्यविनायक नगरपालिकाको उपमेयर जुना बस्नेतले निरिक्षण गरेको पूर्व जिल्ला समन्वय आयुक्त शिव कुमार त्वायनाले वताए।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै