टोखा लाइभ डट कम/ असोज ४, काठमाडौं
टोखा नगरपालिका कृषि शाखाको आयोजनामा आज
टाेखा नगरपालिका वडा १ कार्यक्षेत्रका किसानलाई मिनिटर मर्मत तालिम ( हातेट्याक्टर मर्मत ) र प्रयोग गर्ने विधि, सीप प्रशिक्षण सम्पन्न भएको छ ।टोखा नगरपालिका वडा १का कृषकलाई ५० प्रतिशत अनुदान वितरण गरिएका हातेट्याक्टरका किसानलाई मर्मत र प्रयोग सम्बन्धि १ दिने तालिम दिइएको हो ।
टोखा नगरपालिका १ का वडाध्यक्ष श्रीकृष्ण अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको मिनिटर मर्मत तालिम वडाका १६ जना कृषकहरुले सहभागिता जनाएका थिए ।

तालिममा प्रमुख अतिथि टोखा नगरपालिका १ का वडाध्यक्ष श्रीकृष्ण अधिकारीले तालिममा सिकेका ज्ञान सीपलाई व्यहारमा उर्तान आग्रह गर्नुभयो । उहाँले कृषिलाई आधुनिकरण गर्न र उत्पादनलाई वृद्धि गर्न हाते ट्याक्टरको प्रयोगलाई जोड दिइएको बताउनुभयो ।
कार्यक्रममा टोखा नगरपालिका कृषि शाखा प्रमुख सुमित्रा पाठकले १ दिने मिनिटर मर्मत तालिम आयोजना गरेर ५० प्रतिशत अनुदान वितरण गरिएका हातेट्याक्टरका किसानलाई मर्मत र प्रयोग सम्बन्धि तालिम दिइएको बताउदै टोखा नगरपालिका वडा १का कृषकलाई सहुलियतपूर्ण वितरण गरेको हाते ट्याक्टर कृषकलाई घरदैलो मै तालीम दिइ समयको बचत, पैसाको बचत भै यान्त्रिकरणमा दक्षता हासिल गराउन मिनिटर मर्मत तालिम सम्बन्धित विषयमा ज्ञान दिइएको उहाँले बताउनुभयो । किसानले प्रयोगका क्रममा आउने समस्या आफैंले नै समाधान गर्न सक्ने बनाउन तालिम दिइएको बताइन् ।

मिनिटर मर्मत तालिम ( हातेट्याक्टर मर्मत )
तालिम पश्चात् कृषकहरुलाई ट्याक्टर मोबिल, गेयरवेल, रेन्च औजार जस्ता सामग्री पनि नि: शुल्क वितरण गरिएको थियोे ।
तालिम महेश्वरि ट्याक्टर सर्भिसका प्राविधिकहरुले प्रशिक्षण दिइएको तालिममा प्राविधिक टोलीले हाते ट्याक्टरको प्रयोग, यसमा समस्या, समाधानका उपाय र समस्याका बारेमा सहभागिलाई सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा टोखा नगरपालिका १ का वडाध्यक्ष श्रीकृष्ण अधिकारी, वडाका जनप्रतिनिधिहरु,टोखा नगरपालिका कृषि शाखा प्रमुख सुमित्रा पाठक लगायत शाखाका पदाधिकारीहरु,महेश्वरि ट्याक्टर सर्भिसका प्राविधिकहरु लगायत कृषकहरुको उपस्थिति रहेको थियो ।

