टाेखालाइभ डट कम/ असोज१,२०७८
यार्सागुम्बा लुटपाटमा संलग्न चारजना बुढानिलकण्ठ-१३ गाम्चाबाट पक्राउ परेका छन् ।उनीहरुलाई अन्दाजी ३ किलो यार्सागुम्बा लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई बिहीबार बिहान बुढानिलकण्ठ नगरपालिका-१३ गाम्चाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
यार्सागुम्बा लुटपाटमा संलग्न काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने जुम्ला सिजा गाउँपालिका-६ घर भएका ४६ वर्षीय हरि रावत सहित अन्य तिन जनालाई बुढानिलकण्ठ प्रहरीले पक्राउ गरेको छ।
हरि रावतको साथबाट यार्सागुम्बा लुटपाट भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा लुटपाटमा संलग्नमध्ये नवराज र बुद्धराजको कोठाबाट १ किलोग्राम यार्सागुम्बा फेला पारेको हो । थप अनुसन्धानको क्रममा लुटपाटमा संलग्न कृष्णा र पर्वतीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

