• Sanu Raj Dangol

      Sanu Raj Dangol

    • २९ भाद्र २०७८, मंगलवार ०३:५०

    पूर्व प्रदेशमन्त्री रामेश्वर फुँयालद्वारा ‘ गोसाइँकुण्ड र कागेश्वरधामको संगम टोखा’ नामक बुलेटिनको बिमोचित

    टाेखालाइभ डट कम/ भाद्र २९,२०७८
    ” समृद्ध नेपाल र सुखी नेपालीको स्रोत तथा सम्पदा संरक्षण अभियान ” समृद्ध नेपाल र सुखी नेपालीको स्रोत तथा सम्पदा संरक्षण अभियान ” भन्ने मुल मर्म अनुरुप आज टाेखा नगरपालिका वडा ६ को सुर्यपार्कमा गोसाइँकुण्ड युवा समाज टाेखाको आयोजना तथा नैनडाेल टाेल सुधार तथा व्यवस्थापन समितिको आयोजनामा गोसाईकुण्ड र कागेश्वरधामको संगम टोखा’ बिषयक अन्तरक्रिया सम्पन्न भएको छ।

    कार्यक्रममा प्रमुख अतिथि माननीय पूर्व प्रदेशमन्त्री रामेश्वर फुँयालले विरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्नुभयो।कार्यक्रममा गोसाइँकुण्ड र कागेस्वरधामको संगम’ बुलेटिनको समेत बिमोचन गर्नु भएको थियो ।

    कार्यक्रममा पूर्व प्रदेशमन्त्री रामेश्वर फुँयालले समृद्ध नेपाल र शुखी नेपालीको स्रोत तथा सम्पदा संरक्षण अभियान’ नाराका साथ मंगलबार कागेअष्टमीका दिन नेपालका ७५३ पालिकालाई नै समृद्ध बनाउने अभियानका साथ भएको बताउदै राष्ट्रिय समृद्धिको खुशी र सुखीको कार्य गर्नका लागि बहस पैरवी गर्नुपर्ने उहाँ भनाइ थियो । विश्वको अत्यन्त सुन्दर देश मध्ये नेपाल पनि एक हो । जसको समृद्धि पर्यटनबाट सम्भव छ, तसर्थ सांस्कृतिक सम्पदाको संरक्षण सम्बद्धनमा स्रोत र साधनको प्रयोगमा जोडदिनु पर्नेमा उहाँले आफ्नो धारणा प्रष्ट पार्नुभयो।

    उनले राजनेता मदन भण्डारीको स्मरण गर्दै कुराले चिउरा भिज्दैन काम गर्नुपर्छ कामका सन्दर्भमा अहिले ७ सय ५३ वटा स्थानीय तहले राम्रो कार्य गरिरहेको बताउदै महामारीमा मात्रै नभई अन्य विकास, निर्माणका काममा समेत द्रुतगतिमा कार्य भइरहेको बताए । राष्ट्रको हितको सन्दर्भमा राज्यले बोल्नु आवश्यक रहेको जनाउँदै अहिले धार्मिक तथा पर्यटकीयस्थल गोसाईकुण्डमा २७ फिट अग्लो शिवको मुर्ति तथा अमरसिंह थापाको सालिक बनाउने योजना रहेको बताउनुभयो ।

    कार्यक्रमका अतिथि समाज सेवी, गोसाईकुण्ड खानेपानीका संस्थापक तथा गोसाईकुण्ड युवा समाजका सल्लाहकार मणिराज डंगोलले आजभन्दा करिव १४ बर्ष अगाडि स्थानीयमा रोजगारी सृजना गर्नका लागि आक्वा गोसाईकुण्डको स्थापना गरेको जनाउँदै नेपालको इतिहास, भुगोल, सांस्कृतिक सम्पदाको बेलैमा पहिचान गर्नुपर्ने धारणा राख्दै गोसाईकुण्ड र कागेश्वरीको संगम स्थलबारेमा प्रस्ट्याउनु भयो ।

    विशिष्ट अतिथि टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगालले जहाँ नेवारको बस्ती हुन्छ त्यहाँ कला संस्कृति सम्पदा जिवन्त रहेको हुन्छ तसर्थ संस्कृति सम्पदाको संरक्षण, प्रर्वद्धनमा राज्यले विशेष ध्यानदिनु पर्नेमा जोड दिदै आफुहरुले हरेक वडामा विकास निर्माणमा कामहरु निरन्तर अगाडि बढाउँदै आइरहेको अवगत गराइन् ।

    कार्यक्रममा गाेसाँई कुण्ड यूवा समाजका सल्लाहकार तथा संस्थापक सुमित्रा महर्जन, टाेखा नगरपालिका वडा नं. ६ का अध्यक्ष महेश्वर केसी ,टाेखा नगरपालिका वडा नं. १० का अध्यक्ष मधुसदन पाण्डे,नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य नारायण भाई श्रेष्ठ, टोखाका मुल नाइके हेमराज श्रेष्ठ, टाेखा ४ का इन्चार्ज काजी थापा , अखिल नेपाल महिला संघ टाेखाका अध्यक्ष भुमा गुरुङ , टोखा प्रहरी प्रभाग प्र.ना.नि चक्र बहादुर पुजारा, टोखा प्रहरी प्रभाग इन्जार्ज प्र.संनि. खेम पौडेल लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रम नैन डाेल टाेल सुधार समितिका सचिव बिजय श्रेष्ठले संचालन गरेको कार्यक्रममा गोसाइँकुण्ड युवा समाजका गोपी शिवकाेटीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै