• Sanu Raj Dangol

    • २६ भाद्र २०७८, शनिबार २०:३०

    मुस्खारेश्वर भजन खल:टाेखाको आजीवन सदस्य सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    टाेखालाइभ डट कम / भाद्र २६,२०७८

    ” हाम्रो चाहना धार्मिक कला संस्कृतिको जगेर्ना ” भन्ने मुल मर्म अनुरुप श्री मुस्खारेश्वर भजन खल:टाेखाको आयोजनामा आज टाेखा नगरपालिका वडा २ को श्री चण्डेश्वरी मन्दिर प्राङ्गणमा  आजीवन सदस्य सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न  गरेको छ।

    मुस्खारेश्वर भजन खल:का अध्यक्ष कृष्ण श्रेष्ठको सभापतित्वमा संचालन भएको कार्यक्रम धार्मिक मठ मन्दिर संरक्षण गर्ने उद्देश्यले आयोजित मुस्खारेश्वर भजन खल:टाेखाको आजीवन सदस्य सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रममा  प्रमुख  अतिथि टाेखा नगरपालिका वडा २ का अध्यक्ष दिपकराज जोशीले पानसमा दिप प्रज्वलन गर्दै उपस्थितिहरु माझ सबैले राष्ट्रिय गित गाउदै कार्यक्रमको उद्घाटन गर्नुभएको हो।

    कार्यक्रममा  भजन खल: का क्रियाशिल सदस्यहरुले आगन्तुक  अतिथिहरुलाई ब्याज वितरण तथा खाडा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा मुस्खारेश्वर भजन खल:उपाध्यक्ष बिक्रम श्रेष्ठले आगन्तुक अतिथीहरुलाई  स्वागत गर्दै शुभकामना  मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा मुस्खारेश्वर भजन खल:का सदस्यहरुले आगन्तुक अतिथीहरुलाई स्वागत गर्दै भजन गाउदै स्वागत गित पस्किनुका साथै गोबिन्द भगवानको नाम लिदै राष्ट्रिय भक्ति गित गाउनुभएको थियोे ।

    कार्यक्रममा मुस्खारेश्वर भजन खल:का सदस्यहरुलाई बाद्यवादन सिकाउने तबला वादन गुरु ललित शाक्यलाई स-सम्मानका साथ दाेसल्ला ओढाएर सम्मान गरेको थियोे।

    सस्कृति प्रेमि व्यक्तित्व भिन्दयाे डंगोल सम्मानित

    सम्मान कार्यक्रममा काठमाडौ उपत्यकाको महत्वपूर्ण धार्मिक   ऐतिहासिक, पुरातात्त्विक, धार्मिक यवम् पर्यटकिय स्थल चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष श्री धुर्बराज जोशीलाई धार्मिक तथा सस्कृति प्रेमि व्यक्तित्व भिन्दयो डंगोलले सहयोग स्वरूप १ लाखको चेक हस्तान्तरण गर्नुभएको छ।

    धार्मिक मठ मन्दिर संरक्षण गर्ने उद्देश्यले
    चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिको कोषमा १ लाख जम्मा गर्न चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष श्री धुर्बराज जोशीलाई चेक हस्तान्तरण गर्नु हुने  धार्मिक तथा सस्कृति प्रेमि व्यक्तित्व भिन्दयो डंगोललाई टाेखाका मुल नायो हेमराज श्रेष्ठ ,प्रमुख  अतिथि टाेखा नगरपालिका वडा २ का अध्यक्ष दिपकराज जोशीले दाेसल्ला ओढाएर सम्मान कदर पत्र प्रदान गरेको थियोे।

    सस्कृति प्रेमि व्यक्तित्व भिन्दयो डंगोलका ३ छोराहरु टाेखा सांस्कृतिक सम्पदा संरक्षण दबुका अध्यक्ष मनिराज डंगोल, समाज सेवि सुशान्त डंगोल , साहित्यकार प्रशान्त डंगोललाई पनि दाेसल्ला ओढाएर सम्मान गरेको थियोे।

    मुस्खारेश्वर भजन खल:टाेखाका सदस्यहरु ५४ जनालाई पछ्यौरा ,स सम्मान सहित आजीवन सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियोे ।

    कार्यक्रममा आयोजक मुस्खारेश्वर भजन खलको तर्फबाट  प्रमुख अतिथि टाेखा नगरपालिका वडा २ का अध्यक्ष दिपक राज जोशी , अतिथि मुल नायो हेमराज श्रेष्ठ , बाल कृष्ण श्रेष्ठ , भान लाल श्रेष्ठ ,राजकुमार डंगोल , भजन खल: लाई तबला र हार्मोनियम सहयोग गर्नु हुने सानू डंगोल , टाेखा नगरपालिका वडा २ का प्रतिनिधि , केदार बहादुर भणडारी, बुढानिलकण्ठ नगरपालिका वडा  ४ का सदस्य शिवराम भण्डारी,चण्डेश्वरी युवा क्लबका अध्यक्ष श्रीकृष्ण श्रेष्ठ ,टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ ,टाेखा सांस्कृतिक सम्पदा संरक्षण दबुका अध्यक्ष मनिराज डंगोल ,नेवा:गुथि टाेखाका सल्लाहकार माइला डंगोल, भगवती क्लबका सल्लाहकार बिक्रम श्रेष्ठ,टाेखा गणेश भजन खल: का अध्यक्ष मोहनमाया महर्जन , सपनतिर्थ भजन खल: का अध्यक्ष हरिमाया श्रेष्ठ , चण्डेश्वरी समाजका अध्यक्ष बालीराज श्रेष्ठ , भगवती क्लबका सल्लाहकार बिक्रम श्रेष्ठलाई मायाको चिनो प्रदान गरिएको थियोे। भने मुस्खारेश्वर भजन खल:का पदाधिकारीहरुलाई पनि प्रमुख अतिथिले पछ्यौरा दोसल्ला ओढाइ मायाको चिनो प्रदान गरिएको थियो ।

    मुस्खारेश्वर भजन खल:टाेखाको आजीवन सदस्य सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रमका प्रमुख अतिथि दिपक राज जोशीले संगित भजन र समाज जिवनको अपरिहार्य भएको बताउदै टाेखालाई सांस्कृतिक संरक्षण गरि जोगाउन भजन खल: ,दापा खल:, धिमे खल:हरुलाइ वडाले अनुदान दिइरहेको बताउनुभयो ।

    महत्वपूर्ण धार्मिक   ऐतिहासिक, पुरातात्त्विक, धार्मिक यवम् पर्यटकिय स्थल चण्डेश्वरी मन्दिरलाई विकासको केन्द्र बिन्दु  बनाएर काम गरिरहेको बताउनु भयो। साथै उनले मुस्खारेश्वर भजन खलको संगीत प्रशिक्षणमा जति लागे पनि वडा २ ले सम्पुर्ण खर्च व्यहोर्ने अध्यक्ष  दिपक राज जोशीले उद्घोष गर्नुभयो ।

    कार्यक्रममा मुस्खारेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष  हिराकाजी श्रेष्ठ , संस्थाका सचिव कृष्ण खत्री , चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष ध्रुवराज जोशी , मुलनायो हेमराज श्रेष्ठ लगायतले आ आफ्नो मन्तव्य राख्नु भएको थियोे।

    टाेखा नगरपालिका वडा १०का अध्यक्ष मधुसूदन पाण्डेले आफ्नो वडा १० बाट मुस्खारेश्वर भजन खललाई आवश्यक पर्ने सहयोग  गर्न सधै तयार रहेको बताउनुभयो ।

    मुस्खारेश्वर भजन खल:का अध्यक्ष कृष्ण श्रेष्ठले कार्यक्रमको समापन गर्दै भजन खल:को विशेष कार्यक्रम सफल पार्नु हुने क्रियाशिल  सहयोग दाताहरु आगन्तुक  अतिथिहरु सम्पुर्ण सदस्यहरुलाई हार्दिक आभार प्रकट गर्नुभयो।

    मुस्खारेश्वर भजन खल:का सचिव रामेश्वरी श्रेष्ठले उद्घोषण गर्नुभएको कार्यक्रममा टाेखा नगरपालिका वडा २ अध्यक्ष दिपकराज जोशी,टाेखा नगरपालिका वडा १०का अध्यक्ष मधुसूदन  पाण्डे , तबला गुरु ललित शाक्य ,टाेखाका मुल नायो हेमराज श्रेष्ठ ,चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष ध्रुवराज जोशी ,बुढानिलकण्ठ नगरपालिका वडा  ४ का सदस्य शिवराम भण्डारी , चण्डेश्वरी युवा क्लबका अध्यक्ष श्रीकृष्ण श्रेष्ठ ,टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ ,टाेखा सांस्कृतिक सम्पदा संरक्षण दबुका अध्यक्ष मनिराज डंगोल ,नेवा:गुथि टाेखाका सल्लाहकार माइला डंगोल ,टाेखा गणेश भजन खल: का अध्यक्ष मोहनमाया महर्जन , सपनतिर्थ भजन खल: का अध्यक्ष हरिमाया श्रेष्ठ , चण्डेश्वरी समाजका अध्यक्ष बालीराज श्रेष्ठ , भगवती क्लबका सल्लाहकार बिक्रम श्रेष्ठ लगायत संस्कृति प्रेमी, बुद्धिजीवीहरुको उपस्थिति रहेको थियोे ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै