• TOKHA LIVE

    • २४ भाद्र २०७८, बिहीबार १९:५८

    सर्लाही जिल्लाका विभिन्न स्थानीय स्काउटको दिक्षान्त तथा सपथ ग्रहण समारोह सम्पन्न

    नविना श्रेष्ठ

    टाेखालाइभ डट कम/भाद्र २४,२०७८

    बागमती प्रदेश नं २ सर्लाही जिल्ला अन्तर्गतका विभिन्न स्थानीय स्काउटका संरक्षक प्रमुख स्काउट संयोजक सदस्य सचिव र सदस्यहरुलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकवहादुर भण्डारीले स्काउट दिक्षान्त एवं पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो।

    सर्लाही जिल्लाका हरिबन नगरपालिकाका प्रमुख गणेश प्रसाद प्रसाईले प्रदेश नं २ मा लामो समय निष्क्रिय रहेको स्काउट अभियान आफ्नो पालिका बाट फेरि जुर्मुराएको बताउँदै अबका दिनहरुमा आफ्नो पालिका सहित २ नम्बर प्रदेशका सबै स्थानी पालिकामा अनिवार्य स्काउट अभियान सञ्चालन गर्न आफूले अधिकतम सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल स्काउटका राष्ट्रिय संयोजकले प्रदेश नम्बर २ मा स्काउट अभियान बिस्तारमा अब कसैले बाधा पुर्याउन नसक्ने बताए। प्रदेश नम्बर २ ले सक्षम र सक्रिय नेतृत्व पाएको छ। अब कसैले स्काउट विस्तारको अभियान रोक्न सक्दैन संयोजक भण्डारीले बताए।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै