• TOKHA LIVE

    • २३ भाद्र २०७८, बुधबार १८:५६

    सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री प्रमुख स्काउटको दिक्षान्त समारोह सम्पन्न

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम/भाद्र २३,२०७८

    सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री माननीय प्रमुख स्काउट ,कैलाली र कन्चनपुर जिल्ला अन्तर्गतका विभिन्न स्थानीय स्काउटका संरक्षक, प्रमुख स्काउट, संयोजक सदस्य सचिव तथा सदस्यहरुलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकवहादुर भण्डारीले स्काउट दिक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको थियो।

    भाद्र १८ गते धनगढीमा आयोजित एक कार्यक्रम समारोहका बीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री माननीय लाल बहादुर खड्काले प्रदेश प्रमुख स्काउटको रुपमा स्काउट दीक्षा ग्रहण गर्नुभएको छ। साथमा कैलाली र कञ्चनपुर जिल्ला अन्तर्गतका विभिन्न स्थानीय स्काउटका संरक्षक प्रमुख स्काउट संयोजक सदस्य सचिव तथा सदस्यहरुलाई दिक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण भण्डारीले गराउनु भएको थियो।

    कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले गर्विलो इतिहास बोकेको पवित्र संस्था नेपाल स्काउट फेरि पनि नयाँ उर्जाका साथ आएकोमा खुशी व्यक्त गर्दै अबका दिनहरुमा धनगढी उपमहानगरपालिका लगायत सुदूरपश्चिम प्रदेश भरिका ८८ ओटै पालिकामा अभियान सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाल स्काउट राष्ट्रिय संयोजक लोक वहादुर भण्डारीले स्थानीय सरकारको प्रत्यक्षको सहकारीमा मात्र नेपाल स्काउट विकास र सकारात्मक समाजको निर्माण कार्य गर्न सकिने बताए। प्रमुख अतिथि माननीय प्रमुख स्काउट खड्काले सुदूरपश्चिम प्रदेशको सम्बृद्धिको साझेदार नेपाल स्काउट बन्ने विश्वास व्यक्त गरेका छन्।

    दिक्षान्त कार्यक्रममा नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारी लगायत विभिन्न सङ्घसंस्थाका आदरणीय व्यक्तित्वहरूको उपस्थित रहेको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै