• Sanu Raj Dangol

    • २१ भाद्र २०७८, सोमबार ०९:२२

    टाेखा ७ मा मानव वेचविखन तथा ओसारपसार विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न

    टाेखालाइभडट कम /भाद्र २१,२०७८काठमाडौं

    ”मानव वेचविखन मुक्त समाज,हाम्रो प्रतिबद्धता:सबैको प्रयास ऐक्यवद्धता :” भन्ने राष्ट्रिय नाराका साथ हिजो टाेखा नगरपालिका वडा ७ को बसन्धुरास्थित साउथवेस्टर्न स्कुलको सभा हलमा मानव वेचविखन तथा ओसारपसार विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। टाेखा नगरपालिकाको आयोजना तथा महिला तथा बालबालिका शाखा टाेखा नगरपालिकाको संयोजकत्वमा भएको मानव वेचविखन तथा ओसारपसार विरुद्ध १५ औं राष्ट्रिय दिवसका अवसरमा अभिमुखीकरण कार्यक्रमकको आतिथ्यता टाेखा नगर प्रमुख प्रकाश अधिकारीले गर्नुभएको थियो।

    महिला विकास अधिकृत साबित्रा न्यौपानेले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो।

    मानव वेचविखन तथा ओसारपसार विरुद्ध १५ औं राष्ट्रिय दिवसका अवसरमा अभिमुखीकरण कार्यक्रमकको सम्बोधन गर्दै नगर प्रमुख प्रकाश अधिकारीले टाेखा नगरपालिकालाई मानव वेचविखन मुक्त समाज निर्माण गर्ने उद्घोष गर्नु भएको थियो । मानव वेचविखन मुक्त समाज,हाम्रो प्रतिबद्धता:सबैको प्रयास एक्यवद्धता :” भन्ने राष्ट्रिय नाराका साथ सिङ्गो टाेखा नगरपालिकाका अधिकार कर्मीहरु निरन्तर मानव वेचविखन तथा ओसारपसार विरुद्ध एकजुट भएर लाग्नुपर्ने बताउदै सहभागी सबैमा हार्दिक आभार प्रकट गर्नुभयो।

    कार्यक्रममा नगर उप्रमुख ज्ञानमाया डंगोलले नगरपालिकाले समग्र टोखा नगरपालिकालाई नैं
    मानव वेचविखन तथा ओसारपसार मुक्त समाज निर्माण गर्ने देखि लिएर बालमैत्री स्थानीय शासन कार्यक्रमलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउदै वडा भित्र हुन सक्ने मानव वेचविखन तथा ओसारपसार,वालविवाह , बालश्रम शारीरिक तथा मानसिक पिडा तथा बाल यौन दुर्ववहार जस्ता सबै प्रकारका हिंसाको रोकथाम , निशेध र नियन्त्रण तथा सडक बालबालिकाको उद्घार,पुनः स्थापना , संरक्षण र व्यवस्थापन गर्ने जस्ता सबै बालबालिकाको हक, अधिकार सुनिश्चित गर्न टाेखा नगरपालिका प्रतिवद्ध रहेको नगर उप-प्रमुख ज्ञानमाया डंगोलले बताउनुभयो ।

    मानव वेचविखन तथा ओसारपसार विरुद्ध १५ औं राष्ट्रिय दिवसको अभिमुखीकरण कार्यक्रममा मानव वेचविखन तथा ओसारपसार नियन्त्रण प्रहरी अनुसन्धान विउराेवाट सहभागीहरुलाई प्रशिक्षण दिइएको थियो ।

    मानव वेचविखन तथा ओसारपसार विरुद्ध प्रमुख प्रशिक्षक मानव वेचविखन तथा ओसारपसार नियन्त्रण प्रहरी अनुसन्धान विउराेवाट ईन्स्पेक्टर दिपक कुमार शाहले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । दिपक कुमार शाहले नेपालमा मानव वेचविखन अवस्था तस्करी कसरी भईरहेकाे र ती मानव वेचविखन तथा ओसारपसार नियन्त्रण गरि उद्घार,पुनः स्थापना , संरक्षण र व्यवस्थापन गर्ने विषयमा प्रशिक्षण दिनुभएको थियो।

    मानव वेचविखन तथा ओसारपसार विरुद्धको
    कार्यक्रममा अधिवक्ता तथा टाेखा नगरपालिकाका कानुनी सल्लाहकार वेखा नारायण डंगाेल ऐन कानुनमा भएको मानव मानव वेचविखन तथा ओसारपसार विरुद्ध कानुनमा भएको दण्ड र सजायको व्यवस्था वारे प्रशिक्षण दिनुभएको थियाे।

    कार्यक्रममा मानव वेचविखन तथा ओसारपसार विरुद्ध  सबैको एेक्यवद्धता जनाउदै  सहभागीहरुले सयुक्तरूपमा हस्ताक्षर पनि गरिएको थियो ।

    मानव वेचविखन तथा ओसारपसार विरुद्ध नियन्त्रण सम्बन्धि शक्ति समूह नेपालकी संस्थापक अध्यक्ष चरीमाया तामाङ र शान्ति फाउन्डेसन कि प्रमुख शान्ति तामाङले मानव वेचविखन सम्वन्धी आफुले भोगेका अनुभवहरु कार्यक्रममा बताउनुभयाे ।

    टाेखा महिला बालबालिका निरीक्षक बिमला वाग्लेले संचालन गर्नुभएको मानव वेचविखन तथा ओसारपसार विरुद्ध अभिमुखीकरण कार्यक्रममा टाेखा नगर प्रमुख प्रकाश अधिकारी ,टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगोल,अधिवक्ता तथा टाेखा नगरपालिकाका कानुनी सल्लाहकार वेखा नारायण डंगाेल,टाेखा नगरपालिका वडा ५ का अध्यक्ष जगन्नाथ ढकाल ,टाेखा नगरपालिका वडा १० का अध्यक्ष मधुसूदन पाण्डे , टाेखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतम , महिला विकास अधिकृत साबित्रा न्यौपाने,नेपाल कम्युनिस्ट पार्टी (एमाले) टोखा ४ नम्बर वडा कमिटीका अध्यक्ष काजी थापा , कार्यपालिकाका सदस्यहरु, राष्ट्रसेवक नेपाल प्रहरी, जनप्रतिनिधिहरु, शिक्षक शिक्षिकाहरु, विद्यार्थीहरु, स्थानीय शासनको क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

     

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै