• TOKHA LIVE

      TOKHA LIVE

    • १५ भाद्र २०७८, मंगलवार १२:२२

    काठमाडौ क्षेत्र नं ४ का युवाहरूलाई अध्यक्ष माधवकुमार नेपालले क्रियाशील हुन आह्वान गरे

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम /भाद्र १५,२०७८

    काठमाडौ क्षेत्र नं ४ का युवाहरूलाई नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले युवा नेतृत्व तहमा आउन क्रियाशील हुन सबैलाई आह्वान गरेको छ। नेकपा एकीकृत समाजवादी बाग्मती प्रदेश सदस्य बालकृष्ण श्रेष्ठ लगायत समाजवादी ट्रेड युनियनका महासचिव राम तामाङ गोले सहित काठमाडौ क्षेत्र नं ४ का युवाहरूसँग गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालले अबका युवाहरूको सकारात्मक भूमिका समाज कल्याणको लागि अपरिहार्य तथा राजनीतिमा पनि मन नेतृत्व आउन आह्वान गरेको छ।

    नेपालका युवाहरु प्रति आफ्नो जहिले पनि साथ सहयोग रहने यस्ता तर्क दिँदा समाजवादी ट्रेड युनियनका महासचिव तामाङले आफूमा थप उर्जा थपिएको महसुस रहेको बताएका छन्। काठमाडौ क्षेत्र नं ४ का युवा तथा समाजवादी सुवास श्रेष्ठले अध्यक्षबाट पाएका निर्देशन अनुसार संगठन विस्तार लगायत अन्य राजनैतिक गतिविधिहरुलाई केन्द्र बिन्दुमा राखेर सहकारीमार्फत थप मजबुत बनाउन लागि पर्ने बताए।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै