• Sanu Raj Dangol

    • १४ भाद्र २०७८, सोमबार ११:४०

    टोखा नगरपालिका वडा ४ लाई बालमैत्री घोषणाको लागि कार्यशाला गोष्टी सम्पन्न ।

    टाेखा लाइभ डट कम / भाद्र १४,२०७८

    टोखा नगरपालिका वडा नं.४ लाई बालमैत्री घोषणा अभियान अन्तर्गत बालबालिकाका लागि ५ बर्षे लगानी योजना तर्जुमा कार्यशाला गोष्ठी हिजो टाेखा नगरपालिका वडा ४ का स्थानीय सरोकारवालाहरु बिच कार्यशाला गोष्टी सम्पन्न भएको छ।

    कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले गर्नुभएको थियो ।कार्यक्रममा वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले बालमैत्री घोषणाका लागी बालबालिकाका योजना तर्जुमाको साथै आवश्यक सूचक मध्ये अधिकांश सूचकहरु पुरा भैसकेकोले अब चाडै टोखा नगरपालिकाको पहिलो वडाको रुपमा ४ नं. वडालाई बालमैत्री वडा घोषणा गरिने टोखा नगरपालिका वडा ४ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले बताउनुभयो।

    टाेखा ४ मा बालमैत्री घोषणाका लागि गत बैशाख ५ गते
    टाेखा नगरपालिका वडा ४ ले धापासी माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा टाेखा नगर उप-प्रमुख ज्ञानमाया डंगोलको प्रमुख आतिथ्यतामा भएको विशेष छलफल विभिन्न स्थानीय बाल अधिकारकर्मीहरुले नगर बाल अधिकार समितिको काम , कर्तव्य र अधिकारको बिषयमा स्थानीय बाल अधिकार समितिसंग बृहत वडास्तरीय छलफल सम्पन्न भएको थियोे।

    टोखा नगरपालिका वडा नम्वर ४ मा बालमैत्री घोषणा अभियान अन्तर्गत कार्यशाला गोष्टीमा प्रमुख अथिति टाेखा नगर प्रमुख प्रकाश अधिकारीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो भने बिशेष अतिथिमा नगर उपप्रमुख ज्ञान माया डंगोल, टाेखा नगरपालिका प्रशासकिय अधिकृत प्रकाश आचार्य र नेकपा(एमाले) बागमती प्रदेश कमिटी सदस्य नारायण भाईश्रेष्ठ ,टोखा नगरपालिका वडा नं.४ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ , नेपाल कम्युनिस्ट पार्टी (एमाले)
    टोखा ४ नम्बर वडा कमिटीका अध्यक्ष काजी थापा,टाेखा नगर बाल संरक्षण समितिका सदस्यहरु , वडा ४ का जनप्रतिनिधिहरु, शिक्षकहरु, विद्यार्थीहरु, लगायत बालमैत्री स्थानीय शासनको क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रतिनिधिहरु, बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै