टाेखालाइभ डट कम /भाद्र १३,काठमाडौं
माधवकुमार नेपाल सर्वसम्मत नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेताको रुपमा चयन भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो ।
नेकपा (एकीकृत समाजवादी) ले यही भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको थियो । बैठकले संसदीय दलको विधान बनाउन मस्यौदा कमिटी समेत गठन गरेको छ । कमिटीमा सांसदहरु भवानीप्रसाद खापुङ, निरादेवी जैरु, लक्ष्मी चौधरी, ठगेन्द्रप्रकाश पुरी र शेरबहादुर कुँवर गरी पाँच सदस्य रहेका छन् ।

