• Sanu Raj Dangol

    • ७ भाद्र २०७८, सोमबार ०६:३५

    आज गाईजात्रा तथा सापारु पर्व मनाइदै।

    टाेखालाइभ डट कम/ भाद्र ७,२०७८

    काठमाडौं /गाइजात्रा सापारु काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ सापारु पर्व मनाइन्छ । नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा सापारु व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । सापारुमा नेवाः समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन । यस दिन भजन कीर्तन पनि गरिन्छ । सापारु नेपाल सम्बत अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको सापारु पर्व नेवाः समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ काठमाडौंका नेवा: समुदायले बसन्तपुर परिक्रमा गर्ने गरिन्छ ।यो दिनमा बसन्तपुर ठुलो घुइँचो लाग्ने गर्दछ।ऐतिहासिक किवदन्ती अनुसार मध्ययुगकालिन राजा प्रताप मल्लले गाईजात्रा मनाउने चलनको सुरु गरेका थिए । राजा प्रताप मल्लले आफ्नो पुत्रशोकले विह्वल भएकि रानीको मन शान्त पार्ने उद्देश्यले दुनियाँले आफ्नो जस्तै शोक बेहोर्नुपरेको यथार्थ देखाउन गाईजात्रा निकाली सहर परिक्रमा गर्न लगाएका थिए।गाईको भेषमा हरेक मृतकका आफन्तहरू घर–घरबाट निस्किएर जात्रामा सहभागी बनेको देखेपछि रानीको शोकले बिभोर भएको मन कोमल भएको उक्ति पाइन्छ । तर यतिले मात्र रानीको मन शान्त नभएपछि विभिन्न हास्य प्रहसन र व्यंग्यवाणसमेत प्रस्तुत गरी उनलाई हँसाउन सफल भएकाले राजाको आदेशबमोजिम त्यसैबेलादेखि हरेक वर्ष गाईजात्रा मनाउने पर्वको शुरुवात भएको किंवदन्ती पाइन्छ।

    काठमाडौं टाेखामा पनि गाईजात्रा भाद्र कृष्ण प्रतिपदा अर्थात् क्वाटी पूर्णिमाको भोलिपल्ट पर्ने यो पर्व वर्षभरिमा कसैको घरमा कोही मरेको छ भने प्रत्येक मृतकका घरबाट मरेको आत्माको शान्तिका लागि गाई जात्रा गर्ने चलन छ।टोखाका नेवाः समुदायले यस दिन दिवंगत पितृआत्माहरुको मुक्ति तथा कल्याणको कामना गर्दै वर्षदिन भरि दिवंगत भएका घरबाट गाईको मखुण्डो तथा सिङ्ग लगाएर गाईको रुप धारण गरी सामुहिक रुपमा घर घर बाट टाेखा नगर परिक्रमा गर्ने चलन रहिआएको छ ।यस दिन गाईलाई लिएर यात्रामा अगाडि बढ्दा गाईको सिंहले घच्याडी दिएपछि बन्द रहेको स्वर्गद्वार खुल्छ र मृतककोले स्वर्ग को सुख प्राप्ति गर्छ भन्ने जनविश्वास रहेको पाइन्छ।

    दिवंगत ब्यक्तिको परिवारको घरबाट सामुहिक नगरपरिक्रमाका लागि पठाउनु पुर्व (पुरोहित)आचार्यजुको विशेष निर्देशनमा विधिवत रुपमा मृतक ब्यक्तिका छोरी चेलिले पुर्जाआजा गरि बिदाई गर्दा मृतकलाई स्मरण गर्दै यात्राका लागि विदाई गर्दाको दृश्य निकै नै कारुणिक र भावविभोर भै छोरी चेलिहरु भाव बिभोर भै रुने पनि चलन छ।

    यसरी पूजा गर्दै गर्दा नगर यात्राका लागि धिम्ये र प्वं बाजा टोलिले स्वागत गरि लिनआउने र पुर्याउने चलन छ। काठमाडौं को टाेखाकाे नेवार जातिमा भने गाईको सट्टा गाईको मुखुण्डो तथा सिङ्ग बनाएर गाईको रुपमा लिने मान्छेले पटुका(जनि), हाकु पर्सि (कालो पतासि)ले दायाँ बायाँ बराबर हुनेगरि कमरमा बेरी हातमा समाइ दिने साथै हातमा लुसि/काठको विशेष प्रकारको बस्तु समेत दिने गर्छ । दायाँ हातको कुम्भबाट देव्रे तर्फ ढल्काएर केराको पातको माला लगाई दिने गर्छ । निगालोबाट हातले बनाएको विशेष प्रकारको मखुण्डो र छ्वालीबाट निर्मित सिङ शिरमा लगाइ दिने गर्दछ ।

     

    उक्त मखुण्डोमा गाईको प्रतिमा भएको फोटो रहेको हुन्छ । यसरी शिरमा लगाउने क्रममा बर्खिबार्ने अर्थात पुरै सेतो पहिरन धारी ब्यक्तिलाई सेतो पृष्ठभुमिमा कालो रङ्गले कोरिएको गाई र अन्यलाई रातो निलो रङको फोटो लगाई आफन्तहरु अघि पछि गर्दै बालकलाई सिँगारपटार गरी हातमा धुप बालि सँगै नगर परिक्रमा गराउने चलन रहेको छ ।भने संगसंगै अघिपछी कोहि बादरको भेषमा र कोहि विभिन्न परिवेशमा डाेको बोकि गोठाले बनी डाेकोमा मृतका फाेटाे बोकि नगर परिक्रमा गर्दै हिँड्दा गाई बन्ने लावा लस्करमा निस्किनेलाई दिवंगत भएका मृतका घरका मान्छे घरका परिवारहरुले विभिन्न खाद्य परिकार हरु दान दक्षिणा दिने गर्दछ्न। नगर घुम्नेहरले टोखा नगरपालिका २ र ३ घुमेर टाेखा नगरपालिका २ स्थित नासल चोक भएर तलेजुको मन्दिर मा पुगेपछि क्रमश आ-आफ्नो घरतिर लाग्ने परम्परा रहेको छ।

     

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै