• TOKHA LIVE

    • १६ जेष्ठ २०८३, शनिबार ०६:२३

    इन्क्रेडिबल नेवार्सले आज रक्तदानमार्फत मानवताको सेवा गर्दै ‘

    काठमाडौं २०८३ जेठ १६ गते । सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै “इन्क्रेडिबल नेवार्स” ले आज टोखा गणेशस्थानमा वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। मानवताको सेवामा समर्पित उक्त कार्यक्रम ग्राण्डी अस्पतालको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। रक्तदान कार्यक्रमले रगत अभावका कारण जीवनसँग संघर्ष गरिरहेका बिरामीहरूलाई आशा दिने विश्वास गरिएको छ।

    कार्यक्रमबारे  “इन्क्रेडिबल नेवार्स” का प्रमुख डा. लक्ष्य महर्जनले रक्तदान केवल दान नभई जीवनप्रतिको जिम्मेवारी र मानवताप्रतिको प्रेम भएको बताए।

    “रक्तदान गर्दा दिइएको एक पिन्ट रगत कसैका लागि नयाँ बिहान बन्न सक्छ। अस्पतालको शैयामा जीवनको आशा खोजिरहेका बिरामीका लागि रक्तदाता भगवानसरह हुन्छन्,” उनले भने।

    रक्तदानले आकस्मिक अवस्थामा रगतको अभाव पूर्ति गर्न मद्दत गर्नुका साथै शरीरमा नयाँ रगत उत्पादन प्रक्रियालाई पनि सक्रिय बनाउँछ। साथै, यसले समाजमा मानवता र सहयोगको भावना अझ मजबुत बनाउने आयोजकले  विश्वास लिइएको छ।

    रक्तदान भनेको मानवताको सबैभन्दा सुन्दर उपहार हो। हाम्रो सानो सहयोगले कसैको जीवन बच्न सक्छ भने त्योभन्दा ठूलो पुण्य अरू केही हुँदैन।

    ग्राण्डी अस्पतालको सहयोगमा सञ्चालन हुने रक्तदान कार्यक्रम आज बिहान ९ बजेदेखि सुरु हुँदैछ।उक्त कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरू, समाजसेवी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।  आयोजकले सबैलाई “रक्तदान जीवनदान” अभियानलाई सफल बनाउन सक्रिय सहभागिताको आह्वान गरेका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै