• Sanu Raj Dangol

    • ३ भाद्र २०७८, बिहीबार १९:३२

    १८ वर्ष माथिकालाई भेरोसेल खोपको पहिलो मात्रा लगाइने सम्बन्धमा टाेखा नगरप्रमुखको अपिल

    टाेखालाइभ डट कम / भाद्र ३,२०७८

    भोलि भाद्र ४ र ५ गते २ दिन टाेखा नगरपालिकामा १८ वर्ष माथिकालाई काेभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ।काेभिड भ्याक्सिन अन्तर्गत टोखा नगरपालिकामा काेभिड भ्याक्सिन भेरोसेल खोपको पहिलो मात्रा लगाउने सम्बन्धमा एक सूचना जारी गर्दै टाेखा नगरप्रमुख प्रकाश अधिकारीले टाेखा नगरवासीमा अपिल गर्नुभएको छ।

    टाेखा नगरपालिकामा १८ वर्ष भन्दा माथिका र यसअघि छुटेकालाई खोप दिन लागिएको टाेखा नगरपालिकाका ११ वटै खोप केन्द्रहरु रहनेछन्। जसमा बाैडेश्वर मावि टाेखा वडा नं.१, टाेखा वडा २ कार्यालय भवन,सरस्वती मावी भवन टाेखा वडा नं.३,धापसी मावी टाेखा वडा नं.४,श्री समाज भवन टाेखा वडा नं.५,व्हाइट माउन्टेन स्कुल हरियाली वस्ती टाेखा वडा नं.६,तिलिङ्गटार मावी टाेखा वडा ७ , गाेंगबुं स्वास्थ्य चौकी भवन टाेखा वडा नं.८,लार्के आवासीय मावी टाेखा वडा नं.९,मनोहर मावी टाेखा वडा १० र सामुदायिक भवन टाेखा वडा नं.११ गरि ११ स्थानलाई  खोप केन्द्र टाेकिएको छ।

    खोप लगाउन अनलाइन दर्ताको लागि https://vaccine.mohp.gov.np/मा log in गर्न सकिन्छ।

    टाेखा नगरपालिकाको सुचना :

    Facebook Comments

    छुटाउनुभयो कि? सबै