• TOKHA LIVE

    • ३१ श्रावण २०७८, आईतवार ०८:३८

    बुढानिलकण्ठ नगरपालिका वडा १० जोसेफ स्कुलमा उद्‌घोषण कला तालिम सम्पन्न (फाेटाे फिचर)

    नबिना श्रेष्ठ
    ताेखालाइभ डट कम/ साउन ३१,२०७८

     

    बुढानिलकण्ठ नगरपालिका वडा न १०मा रहेको जोसेफ हाई स्कुल कलेजको प्राङ्गणमा कपनअनलाईन मिडियाबाट आयोजना गरेको उद्‌घोषण कला तालिम सम्पन्न भएको छ।

    साउन २६ गते बाट सञ्चालन भएको कार्यक्रम २०७८/०४/३० गते सम्पन्न गरिएको थियो। उद्‌घोषण कला तालिम कार्यक्रमका सभाध्यक्ष विक सापकोटारहेको थियो।सो कार्यक्रममा प्रमुख आतिथ्य बुढानिलकण्ठ नगरपालिका वडा न १०का अध्यक्ष चन्द्र मान श्रेष्ठ तथा आतिथ्यमा पुन्यराज पुडासैनी साथै उहाँ प्रशिक्षक पनि हुनुहुन्थ्यो।

    समापन कार्यक्रममा कार्यक्रम सञ्चालिका यसै तालिमका प्रशिक्षार्थी गीता शर्माले सञ्चालन गराएको थियो।
    सो कार्यक्रममा प्रशिक्षार्थीहरूले तालिम पहिला आफू र तालिम पछि आफूमा आएको परिवर्तनहरू तथा आफू बोल्न सकेकोमा नारायण ढहाल ,मन्दिरा सापकोटाले आफ्ना अनुभवहरू राखेको थियो।

    कार्यक्रमका प्रमुख आतिथ्य चन्द्र मान श्रेष्ठले उद्‌घोषण कला तालिम मानव जीवनमा अति आवश्यक रहेको र जन्मदै मानिसहरूले सबै कुरा सिकेर आएको हुँदैन। यस्ता कलाहरू सिक्दै र सिकाउदै जाने सो तालिममा सहभागी प्रशिक्षार्थीहरू सबैलाई शुभकामना दिइएको थियो।

    कार्यक्रमका सभाध्यक्ष विक सापकोटाले स्थानीय क्षेत्रको संरक्षण, सम्वधन र प्रवधनका लागि सकिय रहेको सचार माध्यम कपन अनलाइन मिडिया प्रालि द्धारा पाच दिने सञ्चालित उद्‌घोषण कला
    तालिममा सहभागी बन्नु भएकोमा हार्दिक शुभकामना साथै बधाई सहित प्रमुख आतिथ्यबाट प्रमाण पत्र प्रदान गरि कार्यक्रम समापन गरिएको थियो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै