टाेखा लाइभ डट कम / श्रावण २७
काठमाडौ /बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ४मा अवस्थित क्वाटोलमा आज श्री मदन आश्रित आदर्श आधारभुत बिधालयको ४ कोठाको भवन बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्घबप्रसाद खरेलले शिलान्यास गर्नुभएको छ। आज भएको उक्त शिलान्यास कार्यक्रममा जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षा बाट प्राप्त भएकोचारकोठे भवन निर्माण हुन लागेको जानकारी दिएको हो ।
कार्यक्रममा मन्तव्य राख्ने क्रममा जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षाको तर्फबाट अर्जुन रायमाझीले शुभकामना व्यक्त गर्दै कार्यक्रमको औपचारिक शुरूवात भएको थियोे भने बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्बबप्रसाद खरेलले बिद्यालय निर्माणको लागि सहयोग पुर्याउनु हुने सबै प्रती धन्यवाद व्यक्त गरेका थिए।कार्यक्रममा मदन आश्रित आदर्श आधारभुत बिद्यालय प्रधानाध्यापक राजाराम भण्डारीले पनि आधारभुत बिधालय निर्माण गर्न हरेक स्थानबाट सहयोग गर्नुहुने स्थानिय सरकार तथा नगरपालिकाप्रती विशेष धन्यवाद व्यक्त गर्नुभयो ।
शिलान्यास कार्यक्रममा बुढानिलकण्ठ नगर प्रमुख उद्घबप्रसाद खरेल ,जिल्ला शिक्षा कार्यन्वयन तर्फबाट अर्जुन रायमाझी वडा प्रमुख राजु खड्का, शिबराम भण्डारी ,श्रीराम के सि,स्थानीय समाज सेवि धुर्वराज जोशी, बिद्यालयका शिक्षक शिक्षिकाहरु लगायतको उपस्थितिमा बिद्यालय नव निर्मित भवनको शिलान्यास कार्यक्रम समापन गरिएको थियो ।


