• TOKHA LIVE

    • २६ श्रावण २०७८, मंगलवार १६:११

    बुढानिलकण्ठ नगरपालिकामा स्काउट दीक्षान्त समारोह सम्पन्न :-

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम/साउन २६,२०७८

    बुढानिलकण्ठ नगरपालिकाको नगर समितिको संयोजक गगालाल महर्जन (प्रनेल) को
    सभाध्यक्षतामा हिजो भएको कार्यक्रममा नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भणडारीको आतिथ्यता स्काउट दीक्षान्त समारोह सम्पन्न भयो ।

    २०७८-०४-२५ गते सोमबार बुढानिलकण्ठ स्कुलको प्राङ्गनमा एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख उद्धव प्रसाद खरेल,उपप्रमुख राम देबी राई,तथा शिक्षा शाखा प्रमुख जगन्नाथ उपाधयाय उहाँहरूलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले दिक्षा दिइएको थियो।

    कार्यक्रममा बिशेष आतिथ्यहरूमा बागमती प्रदेशका मुख्य सचेतक एंव स्काउटर माननीय दिपक निरौला, नेपाल स्काउट निर्देशक राम प्रसाद भट्टराई, नेपाल स्काउटका प्रदेश सदस्य शिव राम अर्याल, बुढानिलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की, अतिथीमा बुढानिलकण्ठ स्कुलका प्राचार्य होमनाथ आचार्य, गणेश मा •बि चपलि स्कुलका प्राचार्य मिमकाजी श्रेष्ठ,गोकर्णेश्वर नगरपालिकाका संयोजक सुदर्शन बजगाई,टोखा नगरपालिकाका संयोजक नवीन श्रेष्ठ, कीर्तिपुर नगरपालिकाका संयोजक निस्ता महर्जन, कपन अनलाइनका पुण्य राज पुडासौनी लगायत उपस्थित रहेको थियो।

    कार्यक्रममा स्थानीय स्काउटहरूको दिक्षीत आफ्नो स्कुलमा गराउन पाउदा खुसी भएको बताउनुभयो
    बुढानिलकण्ठ स्कुलमा सबै भन्दा पहिला करिब ३० सालमा नै स्काउट संचालर गरेको जानकारी दिनुभयो।

    बुढानिलकण्ठ स्कुल शैक्षिक शिक्षा संगै स्काउट जोडेको र अब नेपाल स्काउटको ज्यामबोरी जस्ता कार्यक्रमहरूको योजना लाइएमा बुढानिलकण्ठ स्कुल सथा दिन तयार रहेको बताउनुहुन्छ भयो।

    बुढानिलकण्ठ नगर स्तरीय संयोजक कार्यक्रमका सभाध्यक्ष गगालाल महर्जन( प्रनेल)ले
    नेपाल स्काउटको समन्वयमा बुढानिलकण्ठकामा कोभिड १९ महामारीको बेला खोपको सर्भिस गरेको र पशुपछिलाई खाना खुवाने कार्य गरेको तथा नेपाल स्काउटको समन्वयमा ट्राफिक भोर्लेटरमा महाराजगन्ज चोकमा सेवा गरेको बताउनुभयो। कोभिड-१९ को कारणले गर्दा कार्यक्रम ठुलो संख्यामा गर्न नसकेकोमा उहाँले दुःख व्यक्त गर्नु भयो।

    नगरका उपप्रमुख तथा स्थानीय स्काउट प्रमुख रमा देबी राईले नेपालमा स्काउट जन्मउने जन्मदाता लड वेडेन पावलको केहि जीवनी प्रस्तुत गर्दै २०५० साल देखी स्काउट सञ्चालन भएको संस्थामा आफू पनि स्काउटमा जोडिएको जानकारी दिनुभयो। समाज र राष्ट्रलाइ एक असल युवाहरूको खाचो भएको यो समय मा स्काउटले यसको महत्व पूर्ण भूमिका खेल्छ भने विश्वास रहेको बताउनु भयो।

    स्थानीय संरक्षक नगर प्रमुख उद्धव प्रसाद खरेलले अनुशासित भई समाजमा सेवा गर्दै आएको स्काउट पोसाकमा हामीले देख्छौ। समाज राष्ट्रको विकासका निम्ति एक असल युवाहरूको ठुलो सथा रहेकोले
    स्थानीय स्काउटको उत्पादन को खाचो रहेको बताउनुभयो।
    बुढानिलकण्ठ नगरपालिकामा अबका दिनहरुमा स्काउट कसरी सञ्चालन गर्ने भने बिषयमा समितिका दिक्षीत हुनुभएका स्काउटरहरुसगं समन्वय गरी यात्रा अगाडी बढाउने बाचा दिनुभयो।

    बुढानिलकण्ठ नगरपालिकाका स्काउटका संरक्षक, प्रमुख तथा स्थानीय समितिका स्काउट सदस्य र स्कुलका
    पेन्सिपल लगायत सबैजना एक सथा रहि नेपाल स्काउटको गन्तव्य अगाडी बढाउन सबैलाई शुभकामना दिइएको थियो।

    कार्यक्रमका प्रमुख आतिथ्य नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले बुढानिलकण्ठ नगरपालिकाका संरक्षक, प्रमुख स्थानीय समितिका सदस्य सम्पुर्णमा शुभकामना व्यक्त गर्दै सांस्कृतिकले भरिएको बुढानिलकण्ठमा स्काउटको भुमिका राम्रो हुने विश्वास व्यक्त गरे। स्थानीय युवा तथा बालबालिकाहरूमा सचेत गराई अझ बुढानिलकण्ठ नगर स्काउट लाई सथा र सहयोग गर्नुमा नगर प्रमुख, उपप्रमुख ,शिक्षा शाखाको ठुलो भुमिका रहेको बताए।
    प्रत्येक नगरका सामुदायिक विद्यालयहरूमा स्काउट सञ्चालन भयो भने धेरै बालबालिकाहरू सक्षम नागरिक यो समाजमा जन्मने छ। र देशको लागी असल नागरिक उत्पादन हुने बताउनुभयो।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै