• Sanu Raj Dangol

    • २५ श्रावण २०७८, सोमबार १७:४९

    काठमाडौं जिल्लाकै उत्कृष्ट हुन सफल टाेखाको इन्द्रायणी सामुदायिक वन समुह पुरस्कृत

    टाेखालाइभ डट कम/ श्रावण २५, काठमाडौं

    सामुदायिक वन दिवसको अवसर पारेर आज
    डिभिजन वन कार्यालय काठमाडौंको आयोजनामा टाेखा नगरपालिकाको वडा ३ मा अवस्थित ईन्द्रायणी भुटखेल सामुदायिक वन उपभोक्ता समुह प्राङ्गणमा ‘सामुदायिक वन दिवस तथा पुरस्कार वितरण समारोह २०७८का प्रमुख अतिथि टाेखा नगर प्रमुख प्रकाश अधिकारी , विशिस्ट अतिथी टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगोल र डिभिजन वन कार्यालय काठमाडौंको अधिकृत बद्री कुमार कार्कीको अध्यक्षताको उपस्थितिमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो।

    यसै बिच सामुदायिक वन राष्ट्रिय दिवसको अवसरमा
    यस वर्ष काठमाडौं जिल्ला भरीका १४४ वटा सामुदायिक वन उपभोक्ता समूह मध्ये काठमाडौंका ३ वन समुहलाई पुरस्कृत गरेको छ । टाेखामा आयोजीत कार्यक्रममा डिभिजन वन कार्यालय काठमाडौंले उत्कृष्ट वन समुह पुरस्कार तर्फ ३ वटा सामुदायीक वन उपभोक्ता समुह पुरस्कृत गरेको छ। टाेखा नगरपालिकाको इन्द्रायणी भुटखेल सामुदायिक वन समुह प्रथम हुन सफल भएको छ । दोस्रोमा रातोमाटे डाँडा सामुदायिक वन,चन्द्रागिरी नगरपालिका वडा न ८ , र गोकर्णेश्वर नगरपालिका वडा न ३ मा रहेको गुद सल्लाघारी सामुदायिक वन समुह तेस्रो भएको थियोे ।

     

    टाेखा नगरपालिकाको इन्द्रायणी भुटखेल सामुदायिक वन उपभोक्ता समुहलाई प्रथम पुरस्कारले पुरस्कृत गरेको उक्त समुहलाई नगद २० हजार र प्रमाण पत्र सहित कार्यक्रमका अध्यक्ष डिभिजन वन कार्यालय काठमाडौंको अधिकृत बद्री कुमार कार्कीले पुरस्कृत गर्नुभयो।
    त्यसैगरी द्धितीय पुरस्कार रातोमाटे डाँडा सामुदायिक वन उपभोक्ता समुहलाई नगद १५ हजार र प्रमाण पत्र
    सहित कार्यक्रमका प्रमुख अतिथि टाेखा नगरप्रमुख प्रकाश अधिकारीले पुरस्कृत गर्नुभयो । त्यस्तै तेस्रो हुने गोकर्णेश्वर नगरपालिका वडा न ३ मा रहेको गुद सल्लाघारी सामुदायिक वन उपभोक्ता समुहलाई विशिस्ट अतिथी टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगोलले नगद १० हजार र प्रमाण पत्र सहित पुरस्कार प्रदान गर्नुभयो।

    नेपाल सरकार वन तथा भु- संरक्षण मन्त्रालयको मन्त्री परिषदको २०७३ जेठ १० गते बसेको बैठकको निर्णय अनुसार प्रत्येक वर्ष श्रावण २५ गते सामुदायिक वन दिवस मनाउने घोषणा गरेको थियोे।

    कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुहुने काठमाडौं डिभिजन वन अधिकृत बद्री कुमार कार्कीले स्वागत मन्तव्य राख्दै सांस्कृतिक सुन्दर ठाउँ यो सहर भुटखेल चौरमा सामुदायिक वनलाई संरक्षण र सम्बर्धन गर्न यसभेगका नगरवासीहरुले अत्यन्त लगनशील भएर महत्वपूर्ण भूमिका खेलिरहनु भएको चर्चा गर्दै इन्द्रायणी भुटखेल सामुदायिक वन उपभोक्ता समुह आज काठमाडौंमा १४४ वटा सामुदायिक वनहरु मध्य यो वर्ष प्रथम स्थान हासिल गर्न सफल भएकोमा यस्को लागि सामुदायिक वन र टाेखा नगरपालिका प्रती हार्दिक आभार प्रकट गर्नुभयो।उपभोक्ता समूहले आउँदा दिनमा देशकै उत्कृष्ट गणेशमान सिंह राष्ट्रिय पुरस्कार प्राप्त गरोस् भन्दै शुभकामना पनि दिए।

    कार्यक्रमका प्रमुख अतिथि टाेखा नगर प्रमुख प्रकाश अधिकारीले वन जङ्गल जहाँ बृक्षारोपण नगरिकनै पहिले देखि प्रकृतिले दिएको उपहार नष्ट गरेर,दुहण गरेर वन जङ्गललाई मरुभूमिको रूपमा रुपान्तरण भइरहेको बताए। यस्ले वास्तवमा कति असरपर्छ भन्ने कुरा त्यस्को ज्ञान नभएको कारणले विभिन्न वन जङ्गलमा माफियाहरु लागिरहेको र उनीहरुले वन जङ्गललाई पुरै नष्ट गरिरहेकोले आज हाम्रो सामु भु-क्षय , प्राकृतिक प्रकोप जस्ता डरलाग्दो अवस्था सृजना भइरहेको नगर प्रमुख प्रकाश अधिकारीको भनाइ छ।

    टाेखा नगरपालिकाका विभिन्न ठाँउमा वन जङ्गल मासेका कारणले गर्दा भु-क्षय हुने सम्भावना बढेर गएको छ। यो अमुल्य सम्पत्ति वन जङ्गललाई संरक्षण गर्नु , जगेर्ना गर्नु हामि सबैको दायित्व हो।त्यसकारण हरेक नागरिकले यस्मा ध्यान दिनु जरुरी छ,नकि सरकारका प्रतिनिधिहरुले मात्र त्यस्मा ध्यान दिएर यस्को संरक्षण हुन सक्दैन ।त्यसकारण सबै लाग्न जरुरी छ र सबैले उत्तिकै चासो दिनु जरुरी छ।यस्मा हामि सरकारका प्रतिनिधिहरु स्वभाविक रूपमा यहाँहरु लागेका जुन अभियानमा जहिल्यै पनि सहयोग गर्न तयार रहेको नगर प्रमुख प्रकाश अधिकारीले विश्वास व्यक्त गर्नुभयो।

     

    कार्यक्रमका विशिस्ट अतिथी टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगोलले अहिले अव्यवस्थित रूपमा घर बन्दै गर्दा स्थानीय तहमा वनलाई संरक्षण गर्दै गर्दा चराचुरुङ्गी अहिले कहाँ जाने भन्ने चिन्ता छ।चराचुरुङ्गी किरा फटयांग्रा देखि लिएर जीव जन्तु वासस्थान सहित व्यवस्था गरेर एउटा सामुदायिक वन सृजना गरेर ती जीव जन्तु चराचुरुङ्गी वास स्थान उपयुुक्त वातावरण मिलाएर इन्द्रायणी भुटखेल सामुदायिक वन समुहले काम गरिरहेको बताइन् ।अहिले हरेक ठाँउठाँउमा आफ्नै प्राकृतिक रूपमा बढिरहेको वन विनास हुँदै छन् ।र अर्कोतिर सामुदायिक वन स्थानीयलाई नै उपभोक्ता समिति मार्फत यो वनलाई संरक्षण गर्नु भनेको ठुलो चिज हो।टाेखाको गौरवको रूपमा इन्द्रायणी भुटखेल सामुदायिक वन समुह यो वर्ष प्रथम भएको भन्दै नगर उपप्रमुख ज्ञानमाया डंगोलले हार्दिक आभार प्रकट गर्नुभयो ।

    इन्द्रायणी भुटखेल सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सुर्यमान डंगोलले आफूले नेतृत्व गरेको वन सामुदायिक वनक्षेत्र पुरस्कृत भए पछि लगातार वनको हेरचाह र प्रवर्द्धनमा लागिरहेको जानकारी दिँदै पुरस्कार पाएकाेमा निकै खुशी लागेको प्रतिक्रिया दिए ।यो खुशीको मुख्य श्रेय सम्पुर्ण टाेखा नगरवासी बासिन्दा लगायत सामुदायिक सहकर्मी लगायत स्थानीय जनसमुदायको सहयोगले नै आज हामि यो गर्वको महसुस गरेको बताउनुभयो। यस्को लागि आ-आफ्नो ठाँउबाट योगदान दिनु हुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु भन्नुभयो।

    डिभिजन वन कार्यालयका रेन्जर अनिल रेग्मीले संचालन गर्नुभएको पुरस्कार वितरण समारोहमा, रेन्जर सहायक वन अधिकृत राेशना पोखरेल त्यसैगरी टाेखा नगरपालिका ३ का वडासदस्य हरिमान श्रेष्ठ , इन्द्रायणी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुर्यमान डंगोल, चन्द्रागिरी नगरपालिका वडा न ८ को रातोमाटे डाँडा सामुदायिक वनक सचिव अशोक पाण्डे लगायत इन्द्रायणी
    सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरु , स्थानीय टाेखा नगरवासीहरुको उपस्थिति रहेको थियो।

     

     

     

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै