• TOKHA LIVE

    • २४ श्रावण २०७८, आईतवार २१:४६

    बुढानिलकण्ठमा बृहत उद्घोषण तथा कला सम्बन्धि तालिमको सुवर्ण अवसर !

    टाेखालाइभ /श्रावण २४,काठमाडौँ

    बुढानिलकण्ठ नगरपालिका यहि साउन २६ गते देखि ३० गते सम्म पाँच दिन उद्घोषण कला सम्बन्धि  तालिम आयोजना हुने भएको छ। सार्वजनिक भाषण कला र कार्यक्रम संचालनका विभिन्न शैदान्तिक र प्रयोगात्मक विषयहरु समेटेर तयार पारिएको पाठ्यक्रमका आधारमा सो तालिम हुने आयोजकले जानकारी दिनुभयो ।

    बुढानिलकण्ठ नगरपालिका वडा नं १० मिलन चोकमा रहेको जोसेफ मावीमा बेलुका ४.३० बजे देखि ६.३० बजे सम्म दुई घण्टा संचालन हुने सो तालिममा जो सुकै पनि सहभागी हुन् सक्ने आयोजक संस्थाका प्रशिक्षक पुन्यराज पुडासैनीका अनुसार सहभागीहरुको क्षमता विकासका लागि उद्घोषण कलाको परिचय ,गुण ,शिप ,कार्यक्रम तालिका निर्माण ,संचालन ,नमुना कार्यक्रम प्रस्तुति,वक्तृत्व कला प्रतियोगिता जस्ता विषयहरु समेटेर संचालन गरिने बताउनुभयो । सो तालिममा सहभागिताका लागि ९८५११८५५७० वा ९८४११७६७९६ मा सम्पर्क गर्न सकिने प्रशिक्षक पुडासैनीले जानकारी दिए।

    औपचारिक/अनौपचारिक कार्यक्रम ,संबोधन , प्रस्तुतिकरण ,प्राविधिक शिप सहित मंचमा निर्धक्क संग बोल्न सक्ने गरी ५ दिन हुने उक्त तालिमको प्रवेस शुल्क २ हजार रहेको जानकारी दिदै आयोजक विकल सापकोटाले उक्त तालिममा सहभागिताका लागि साउन २५ गते भित्र नाम दर्ता गराइसक्नु पर्ने बताएका छन।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै