टाेखालाइभ डट कम / श्रावण २२,२०७८
”हाम्रो सरस्वती हाम्रो सान,गुणस्तरीय शिक्षा हाम्रो पहिचान ”,भन्ने मुल मन्त्र बोकेको टाेखा नगरपालिका वडा ३ स्थित सरस्वती माध्यमिक विद्यालय टाेखामा पुर्व विद्यार्थी मञ्च गठन हुने भएको छ।
टाेखाका पुराना विद्यालयहरु मध्य एक मानिने वि.सं.२०१७ सालमा स्थापित सरस्वती माध्यमिक विद्यालयमा यहि श्रावण ३० गते शनिबार पुर्व विद्यार्थी मञ्च गठन गर्नको लागि सरस्वती माध्यमिक विद्यालयले एक सूचना जारिएको छ।
उक्त विद्यालयमा अध्ययन गरि हाल विभिन्न क्षेत्रमा कार्यरत सम्पुर्ण पुर्व विद्यार्थीहरुले आ- आफ्नो साथीहरूको समुहमा छलफल गरि आफ्नो समुहको प्रतिनिधिको रूपमा सहभागी हुनको साथै साथीहरूको समुहमा आबद्ध हुन नसकेकाहरु विद्यार्थीहरुले वैयक्तिक रूपमा विद्यालयमा संलग्न हुन यहि सूचनालाई आधार मान्दै उक्त दिन श्रावण ३० गते शनिबार विहान ७ बजे सरस्वती मावि भवनमा उपस्थितिको लागि पुर्व विद्यार्थीहरुमा सूचना जारी गर्दै अनुरोध गरेको विद्यालयका प्रधानाध्यापक अर्जुन श्रेष्ठको भनाइ रहेको छ।
सरस्वती माध्यमिक विद्यालयको सूचना :-


