टाेखालाइभ डट कम /श्रावण ४ ,काठमाडौं
टोखा नगरपालिकामा आज देखि काेभिड भ्याक्सिन जन्सन एन्ड जन्सन पहिलो मात्रा लगाउने भएको छ। काेभिड भ्याक्सिन अन्तर्गत टोखा नगरपालिकामा आज श्रावण ४ गते देखि ६ गते सम्म काेभिड भ्याक्सिन जन्सन एन्ड जन्सन पहिलो मात्रा लगाउने सम्बन्धमा टाेखा नगरप्रमुख प्रकाश अधिकारीले टाेखा नगरवासीमा अनुरोध गर्नुभएको छ।
नेपाल सरकारले जारी गरेको निर्णय अनुसार काेभिड भ्याक्सिन जन्सन एन्ड जन्सन पहिलो मात्रा आज श्रावण ४ गते देखि ६ गते सम्म ग्राण्डी अन्तरास्ट्रिय अस्पताल , धापासी स्वास्थ्य चौकी र मनोहर माविमा खोप लगाउने कार्यक्रम संचालन हुनेछ।
खोप लगाउन उमेर ५० वर्ष देखि ५४ वर्ष उमेर खुल्ने नेपाल सरकारको कागजातको आधारमा खोप लगाउन पाइने। स्वास्थ्यकर्मीलाई काउन्सिलमा दर्ता र परिचय पत्रको आधारमा खोप लगाउन पाइने। सरसफाइकर्मीलाई कम्पनीको चिठी ,परिचय पत्रको आधारमा र अपांग (क र ख)लाई परिचय पत्र अनिवार्य लिएर आउनहुन नगर प्रमुखले टाेखा नगर वासीमा जारी गरेको सूचनामा उल्लेख छ।

खोप लगाउने मिति र खोप लगाउने समूह
२०७८ श्रावण ४ गते – २०७८ श्रावण ३ गते दर्ता भै ४ गते sms प्राप्त भएका व्यक्ति र अपांग भएका व्यक्ति
२०७८ श्रावण ५ गते – ५२,५३ र ५४ वर्ष उमेर समुहका , अपांग भएका व्यक्ति र सर सफाइकर्मी
श्रावण ६ गते ५० र ५१ वर्ष उमेर समुहका , स्वास्थ्यकर्मी ,अपांग भएका व्यक्ति र सर सफाइकर्मी

