टोखा लाइभ डट कम /श्रावण १,२०७८
काठमाडौं : “रुख बिरुवा रोपी वातावरण जोगाउँ र दिर्घायु बनौं” भन्ने मूल उद्देश्यका साथ आज ईन्द्रायणी भुटखेल सामुदायिक बन उपभोक्ता समितिको आयोजनामा डिभिजन वन कार्यालय काठमाडौंको सहयोगमा टाेखा नगरपालिकाको वडा ३ मा विभिन्न जातका औषधि जन्य वाेटविरुवा टाेखावासी जनसमुदायहरुलाई उक्त विरुवाहरु वितरण गरेको हो।

आज एक कार्यक्रमका बिच इन्द्रायणी भुटखेल सामुदायिक बन समुहलाई डिभिजन वन कार्यालयबाट सहयोग प्राप्त भएको पन्ध्रसय औषधि जन्य जडिबुटीका बिरुवा सहयोग गरेको विभिन्न प्रजातिका बिरुवाहरुमा कपुर,कल्की ,लप्सी, राजवृक्ष कनिका फुल , तेजपात,धुपि,पारिजात , वरो , बेगमबेलि,एभोकाडाे गरी विभिन्न १२ प्रजातिका बिरुवाहरु
इन्द्रायणी भुटखेल सामुदायिक बन समुहले टाेखा नगरपालिका का विभिन्न वडाका वडावासीहरुलाई निःशुल्क वितरण गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन अधिकृत बद्री कुमार कार्कीले टाेखाबासीहरुलाई बोटबिरुवा वितरण गर्दै भन्नुभयो – ” रुख बिरुवा भनेको अत्यन्तै महत्त्वपूर्ण कुरा हो,रुख विनाको जीवन कल्पना गर्न सकिदैन। सांस्कृतिक सुन्दर ठाउँ यो सहर भुटखेल चौरमा सामुदायिक वनलाई संरक्षण र सम्बर्धन गर्न यसभेगका नगरवासीहरुले अत्यन्त लगनशील भएर महत्वपूर्ण भूमिका खेलिरहनु भएको अधिकृत बद्री कुमार कार्कीले बताउनु भयो। यस्को लागि सामुदायिक वन प्रती हार्दिक आभार प्रकट गर्नुभयो।

आज विभिन्न सामुदायिक वनमा गलत प्रवृत्ति आइरहेको बताउदै सामुदायिक वनमा भौतिक संरचना निर्माण गर्ने,स्थानीय कंक्रीतको जङ्गल बनाउने परिपाटी छ। त्यस्तो कहिल्यै नहोस् भन्न चाहन्छु। त्यस्को लागि डिभिजन वन निरन्तर साथ र सहयोग रहने बताउदै डिभिजन बन अधिकृत बद्री कार्कीले टोखा इन्द्रायणी भुटखेल सामुदायिक बन समुहमा आज काठमाडौंमा १४४ वटा सामुदायिक वनहरु मध्य यो वर्ष प्रथम स्थान हासिल गर्न सफल भएकोमा हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।
यो सफल हुनुमा यस्को मुख्य आधार श्रेय भनेकै टाेखा नगरवासी , समुदाय प्रेमी भएको र यहाँहरुको विश्वासलाइ आत्मसात गर्दै यो अभियानमा अगाडि बढिरहेकोमा सामुदायिक बनलाई हार्दिक धन्यवाद भन्नुभयो।

कार्यक्रममा वडा अध्यक्ष सिंहराज श्रेष्ठले” भुटखेल सल्लाघारी २०३९ सालमा रुख रोपेको स्मरण गराउदै अहिले सामुदायिक भुटखेल बन एउटा उत्तरी भेगकै स्तरीय अत्यन्तै सौन्दर्यले भरिपुर्ण यो ठाँउलाई व्यवस्थित गर्न सफल भएको छौं” र यस्को लागि सामुदायिक बन समुह निरन्तर लागिरहेको बताउनुभयो। घर वातावरणलाई शोभा र सौन्दर्य बढाउने यो वाेट बिरुवा उपभोक्ता समितिले दियो भनेर लगेर रोप्ने काम मात्रै नगरेर संरक्षण गर्दै हुर्किसके पछि यसबाट फाइदा लिनसक्नु पर्ने कुरामा पनि उहाँले जोड दिनुभयो। हाल भुटखेल संरक्षण गर्न वरिपरि ढुङ्गाको पर्खाल लगाइएको र अहिले यो सामुदायिक वन बचाउन ३ वटा गेट राखेर वन संरक्षण गर्न लागेको वडा अध्यक्ष सिंहराज श्रेष्ठको भनाइ रहेको छ।साथै उहाँले यो सार्वजनिक सम्पत्ति हाम्रै हो भनेर सबैले मनन गर्दै सार्वजनिक सम्पत्ति जोगाएर राख्न सबै टाेखा नगरबासीहरुमा आग्रह समेत गर्नुभयो।

त्यस्तै आयोजक इन्द्रायणी भुटखेल सामुदायिक बनका अध्यक्ष सुर्यमान डंगोलले ” गत वर्ष देखी टाेखा नगर वासीमा विभिन्न जातका वाेटबिरुवा वितरण कार्यक्रम आयोजना गर्दै आइरहेकोमा यो वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिदै यो कार्यक्रम अघि सारेको बताउदै इन्द्रायणी भुटखेल सामुदायिक बन समुह आज काठमाडौंमा १४४ वटा सामुदायिक वनहरु मध्य यो वर्ष प्रथम स्थान हासिल गर्न सफल भएको बताउनुभयो। यो खुशी टाेखा नगरवासी बासिन्दाहरुका माझ खुसीका साथ आत्मसात गर्न चाहन्छु भन्दै सामुदायिक सहकर्मी लगायत स्थानीय जनसमुदायको सहयोगले नै आज हामि यो गर्वको महसुस गरेको बताउनुभयो। यस्को लागि सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु र सामुदायिक वन जोगाउन आफूले यस सम्पत्तिलाई भ्याएसम्म संरक्षणमा लागिरहने अध्यक्ष सुर्यमान डंगोलले बताउनु भयो।

कार्यक्रममा टाेखा नगरपालिकाका विभिन्न वडाका तीन सय जना टाेखाबासीलाई नि:शुल्क बाेटविरुवा उपलब्ध गराएको हो। कार्यक्रममा डिभिजन वन अधिकृत काठमाडौंका बद्री कुमार कार्की , रेन्जर सहायक वन अधिकृत राेशना पोखरेल त्यसैगरी टाेखा नगरपालिका वडा ३ का अध्यक्ष सिंहराज श्रेष्ठ ,वडासदस्य हरिमान श्रेष्ठ , टाेखाका मुल नायके हेमराज श्रेष्ठ ,सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुर्यमान डंगोल लगायत सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरु , स्थानीय टाेखा नगरवासीहरुको उपस्थिति रहेको थियो।
इन्द्रायणी भुटखेल सामुदायिक वन यो वर्ष प्रथम हुन सफल ।
इन्द्रायणी भुटखेल सामुदायिक बन समुह यो वर्ष काठमाडौंमा १४४ वटा सामुदायिक वनहरु मध्य यो वर्ष प्रथम स्थान हासिल गर्न सफल भएको छ। गत वर्ष इन्द्रायणी भुटखेल सामुदायिक बन समुह यो दौडमा तेस्रो भएको थियो । डिभिजन बन कार्यालयबाट प्रत्येक वर्ष प्रदान गरिदै आइरहेको यो पुरस्कारको लागि विभिन्न मापदण्ड मध्ये कुशल व्यवस्थापन , सामुदायिक गतिविधिका कार्यक्रम निरन्तर संचालन , रुख बिरुवा संरक्षण , रुख बिरुवा संरक्षणमा परिणाममुखी , आगन्तुक आकर्षित गर्ने, जिवजन्तु, चराचुरुगीमैत्री पोखरी निर्माण , पार्क निर्माण , बगैंचा , िक्रतिम मौलिक संरचना निर्माणको आधारमा यो पुरस्कार प्रदान गरिन्छ। पुरस्कारको राशी रु २० हजार रहेको छ।

