टाेखालाइभ /जय न्यौपाने
काठमाण्डाै , असार २६, काठमाडौं
लायन्स क्लब अफ काठमाडौ डायमन्ड रेम्बो र एक्सपोर्ट एजुकेसन एण्ड भिसा सर्भिसको संयुक्त आयोजनामा काठमाण्डौको टाेखा नगरपालिका वडा ५ बसुन्धाराचोकमा हिजो बृहत रक्तदान कार्यक्रम संम्पन्न भएको छ।

विश्वभरी फैलिएको कोरोना महामारीको समयमा
देशमा भएको बढ्दो रगतको मागलाई परिपुर्ती गर्नका लागी बिरामीहरुलाई रगतको अभाव नहोस् भन्ने हेतुले बसुन्धाराचोकमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ काठमाण्डाै डायमन्ड रेम्बोका सेक्रेटरी जयराम अर्यालले कार्यक्रममा बताउनुभयो।
बसुन्धाराचोकमा भएको बृहत रक्तदान कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी , वडा नं.७ का वडा अध्यक्ष नरोत्तम राना, लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक 325 बि 1 का District Governer Lion बिशेस्वर आचार्य सहितको प्रमुख आतिथ्यमा बृहत रक्तदान कार्यक्रम संम्पन्न भएको थियोे ।

लायन्स क्लब अफ काठमाडौ डायमन्ड रेम्बो का अध्यक्ष नवीन राज आचार्यले बृहत रक्तदान कार्यक्रम समापन गर्नु भएको थियो। बृहत रक्तदान कार्यक्रम मानवीय सेवाको उत्कृष्ट कार्य गर्न सधै प्रेरणा दिनुहुने लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक 325 बि 1 का District Governer Lion बिशेस्वर आचार्य, PMCC Lion राजन लम्साल , Past Governer Lion इन्दु लम्साल ID Indorsee Lion बाल कृष्ण बुर्लाकोटी , Cabinet Secretary Lion दुर्गा प्र.हुमागाइ , NLF Chief Bagmati Lion सैलेन्द्र दाहाल ,Blood Donation Chief Bagmati Lion रमेश अधिकारी Region Chair Person Lion नेत्र प्र. गुरागाइ , Zone Chair Person Lion अनिल कुमार थापा , District Chair Person Lion रमा अधिकारी लगायत सबैलाई बृहत रक्तदान कार्यक्रममा सहभागिता जनाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने आयोजक एक्सपोर्ट एजुकेसन एण्ड भिसा सर्भिस टिम तथा लायन्स क्लब अफ काठमाडौ डायमन्ड रेम्बोका सम्पुर्ण सदस्यहरुलाई आयोजक क्लब सेक्रेटरी जयराम अर्यालले सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

बृहत रक्तदान कार्यक्रम सहभागीता जनाउनु हुने ५१ जना रक्तदाताहरुलाई पनि आयोजकले विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रममा रक्तदान गर्नुभएका सम्पुर्ण महानुभाबहरुलाई संम्मान ब्यक्त गर्दै कदर- पत्र सहित मायाको चिनो पनि प्रदान गरिएको थियो।


