• TOKHA LIVE

      TOKHA LIVE

    • २६ असार २०७८, शनिबार १८:५५

    सपनतीर्थ भजन खल: को “भजन संग्रह ’’ पुस्तक विमोचन

    टोखा लाइभ ।२०७८ असार २६ गते ।

    काठमांडौं। प्राध्यापक एवं साहित्यकार प्रभात सापकोटा , भुपु अध्यक्ष बाबुलाल डंगोल र श्यामलाल श्रेष्ठ द्दारा सम्पादन (पुस्तक) ‘भजन संग्रह ’ विमोचन भएको छ । टोखाको जीवित देवी गणेश र कुमारीले शनिवार सपनतीर्थमा आयोजित एक कार्यक्रममा उक्त पुस्तकको विमोचन तथा लोकार्पण गरे ।

    पुस्तकमा टोखा, काठमांडौं, ललितपुर, र भक्तपुरका दफा र भजन मण्डलहरुमा गाउँदै आएका प्राचीन तथा मौलिक गीत सङ्गीतलाई समेटिएको छ । त्यसबाहेक विगत ४ सय वर्ष देखि निरन्तर रुपमा गाउँदै आएका कृष्णभक्त र मल्ल कालिन गीतहरु समेत पुस्तकमा समावेस छन् ।

    यस्तै विश्व प्रसिद्ध चर्या नृत्य नेपालमा श्रृजना भएको तथ्य आठौं शताब्दिको अन्त्य तिर लेखिएको नेवारी संस्कृतिमा आधारित भजन पनि प्रस्तुत गरिएको छ । पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन तथा संचालन गर्दै साहित्यकार प्रभात सापकोटाले यस्तो किसिमको पुस्तकले देशभित्र भजन सङ्गीतको विधालाई फडको मार्न ठूलो मद्दत पु-याउने बताए ।

    कार्यक्रमा भुपु अध्यक्ष बाबुलाल डंगोलले काठमाडौं उपत्यका भित्र रहेको प्रचिन सङ्गीतलाई अनुसन्धान गरी पुस्तकमा समेटने प्रयास गरिएको बताए । करिब १ हजार वर्ष पहिला नै विश्वबाट लोप भइसकेका ‘‘जातिगान’’का क्रियात्मक स्वरुप र शैली जस्ता अमूल्य सांस्कृतिक धरोहरहरु अहिलेपनि नेपाली समुदायमा संरक्षित भई व्यवहारमा आइरहेकाले त्यस्ता सङ्गीतलाई पुस्तकमा समेटिएको छ । पुस्तकमा १७६ वटा भजन गीतहरु संग्रहीत छन् ।

    हरिमाया श्रेष्ठको सभापतित्वमा, उप मेयर ज्ञान माया डंगोल, वडा अध्यक्ष दिपक राज जोशीको आतिथ्य, सचिव सानुमाया श्रेष्ठ , भुपु अध्यक्ष बाबुलाल डंगोल, सल्लाहकार श्यामलाल श्रेष्ठ र माइला श्रेष्ठको स्वागत तथा साहित्यकार प्रभात सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रमको अन्त्यमा विभिन्न क्षेत्री विशेष योगदान दिनु हुने पत्रकारमा हिक्मत डंगोल, समाजसेवी राज कुमार कुँवर, हेमराज श्रेष्ठ ,लगायत सपनतीर्थ भजन खल:का गुरूमा मनकाजी डंगोल र भजन खल: का अन्य पदाधिकारीहरूमा हरिमाया श्रेष्ठ ,सुनिता श्रेष्ठ , सानुमाया श्रेष्ठ , मंगली श्रेष्ठ ,पुनम श्रेष्ठ , आशा श्रेष्ठ ,सुन्तली डंगोल, सानुमाया श्रेष्ठ, स्यामपुलु डंगोल, मंगलीदेवी श्रेष्ठ, कान्छी डंगोल, रेश्मा डंगोल, सुसन डंगोल, निश्मा डंगोल , चन्द्र बहादुर र राजकुमार कुँवर लगायत अन्य ४७ जना व्यक्तित्वहरूलाई सम्मान पत्र प्रदान गरियो ।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै