• TOKHA LIVE

      TOKHA LIVE

    • २४ असार २०७८, बिहीबार १०:५०

    टुहुरा १५ बालबालिकाले पाए सहयोग

    टोखा लाइभ । २०७८ असार २४ गते ।

    काठमांडौं । टोखा नगरपालिका वडा नम्बर १ र टोखा नगरपालिकाको विशेष समन्वयमा संरक्षित विहिन १५ जना टुहुरो बालबालिकालाई ६ हजारको दरले बुधवार सहयोग प्रदान गरेको छ।

    टोखा नगरका उपमेयर ज्ञानमाया डङ्गोलको प्रमुख उपस्थितिमा भएको कार्यक्रममा वडा क्षेत्रका १५ जना बालबालिकालाई आर्थिक सहयोग गरिएको वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

    कार्यक्रममा बोल्दै वडा अध्यक्ष अधिकारी भन्ने – “ हिंसा, शोषण, दुर्व्यवहार र उपेक्षाबाट सुरक्षित हुनु सम्पूर्ण बालबालिकाको अधिकार हो। तथापी, सबै प्रकारका आर्थिक-सामाजिक पृष्ठभुमि, उमेर समुह, धर्म तथा संस्कृतिका लाखौं बालबालिका हिंसा, शोषण र दुर्व्यवहारबाट पिडित छन्। लाखौं अन्य बालबालिका जोखिममा यस्ता छन्। सबै बालबालिकाको सुरक्षाका लागि नीति तथा सेवाहरुमा सुधार ल्याउन वडा नं-१ कार्यरत छ। यो संसारलाई बालबालिकाको लागि सुरक्षित स्थान बनाउन हामी लागिरहेका छौं। हामीले गरेको सहयोगले टुहुरो बालबालिकाले पढ्न पाउन्, खान पाउन, हामी सहयोग गर्छौं ।”

    सो कार्यक्रम प्रदेश सरकारको ससर्त कार्यक्रम अन्तर्गत १ नम्बर वडा कार्यालय र टोखा नगरपालिका महिला तथा बालबालिका शाखाको समन्वयमा बालबालिकाको लागि सरक्षण सहयोगार्थ कार्यक्रम रहेको टोखा वडा नं-१ कार्यालयले जनाएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै