• TOKHA LIVE

    • २० असार २०७८, आईतवार ०९:१४

    टोखा नगरपालिकामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

    टोखा लाइभ ।काठमाण्डौ ,२०७८ असार २० गते ।

    टोखा नगरपालिकामा टिपरको ठक्करबाट टोखा ६ मा दुई जना युवाको घटना स्थल मै ज्यान गएको छ भने एक जनाको घाइते भएको छ।

    प्रहरीले बताए अनुसार गए राति पौने ११ बजे बा २ क ३४६६ नम्बरको टिपरको ठक्करबाट प्रदेश ३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकलका चालक नुवाकोटको बेलकोट नगरपालिका–६ का २६ वर्षका सन्तोष अधिकारी र मोटरसाइकलको पछाडि बस्ने त्यही ठाउँका २२ वर्षका दिपेश थापाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।टिपर चालकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

    दुर्घटना उक्त मोटरसाइकलमा तीन जना सवार थिए ।
    मोटरसाइकलकै पछाडि बस्ने ३० वर्षका सागर खतिवडा भने घाइते भएको र उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै