• TOKHA LIVE

    • २६ जेष्ठ २०७८, बुधबार १८:२४

    एमाले एकता हुन नसक्नुको मूल जड भनेकै माधव ,झलनाथ र केपी शर्मा ओली:- योगेश भट्टराई

    टाेखालाइभ/जेठ २६,२०७८
    नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले पार्टी एकता हुन नसक्नुको मूल जड भनेकै माधव कुमार नेपाल ,झलनाथ खनाल र केपी शर्मा ओली रहेको सामाजिक सञ्जालमार्फत उहाँले आफ्नै पार्टीका वरिष्ठ नेताहरुलाई आरोप लगाउनुभएको छ ।

    सञ्जालमार्फत उहाँले आफ्नै पार्टीका वरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनालसँग सहकार्य गर्न अध्यक्ष केपी शर्मा ओली तयार नभएको बताउनुभएको छ। जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अरु विषयमा गठबन्धन गर्न तयार हुने अध्यक्ष ओली आफ्नै पार्टीका नेतासँग मिल्न नसक्नु नै बिडम्बना रहेको उहाँकाे भनाइ छ।

    नेता योगेश भट्टराईले आफ्नै पार्टी अध्यक्ष ओलीसँग मिल्न तयार नहुने तर विपक्षी गठबन्धन बनाएर अघि बढेको भन्दै माधव नेपाल र झलनाथ खनालप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभएकाे छ । शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादवसँग सत्ता साझेदारी र अरु विषयमा गठबन्धन गर्न तयार हुने खनाल–नेपाल समूहले अध्यक्ष ओलीसँग मिल्न तयार नहुनु पनि समस्याको जड रहेको बताउदै पछिल्ला यस्ता गतिविधिहरु कस्ले, किन र केका लागि गर्दैछ भन्ने प्रश्न गर्दै उहाँले यी समस्या यथावत रहेसम्म एमाले एकताको सम्भावना कम रहेको र यसबारे पार्टीका शीर्ष नेताहरुबीच गम्भीर छलफल गरेर साझा निष्कर्ष निकाल्न साझा अभियानमार्फत एमालेलाई बचाउनुपर्ने उहाँको भनाइ छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै