• TOKHA LIVE

    • २६ जेष्ठ २०७८, बुधबार ०६:२४

    बुढानिलकण्ठका संचारकर्मीहरुलाई नेपाल खेलकुद महासंघको स्वास्थ्य सामाग्री सहयोग

    टाेखालाइभ डट कम / जेष्ठ २५

    नेपाल खेलकुद महासंघको कोभिड -नो भिड अभियान अन्तर्गत बुढानिलकण्ठ नगरपालिकामा स्थापना भएका करिव एक दर्जन संचार माध्यका संचारकर्मीहरुलाई स्वास्थ्य सामग्री  मास्क ,फेसशिल्ड र स्यानीटाईजर प्रदान गरिएको छ।

    नेपाल खेलकुद महासंघको सहयोगले अग्रमोर्चामा सक्रिय रहेका संचारकर्मीहरुको मेहेनतलाई सम्मानका लागि सहयोग गरेको बताउदै प्रवक्ता भट्टराईले नगरपालिकाले संचारकर्मीहरुलाई खोपको व्यवस्था गर्न पहल गर्ने  धारणा राखेका थिए।

    नेपाल खेलकुद महासंघका सचिवालय सदस्य तथा बुढानिलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराई,महासंघका केन्द्रीय सदस्य राम कुमार सुवेदी ( आर के ),महासंघका धुर्व कंडेल लगायतको उपस्थितिमा उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको थियो।

    महासंघका केन्द्रीय बरिस्ट उपाध्यक्ष तथा अभियानका संयोजक परशुराम बस्नेतको निर्देशनमा संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री  सहयोग गरिएको जानकारी दिदै महासंघका केन्द्रीय सदस्य राम कुमार सुवेदीले आजै ट्राफिक प्रहरी प्रभाग एयरपोर्टलाई पनि सहयोग गरिएको बताएका छन।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै