• TOKHA LIVE

    • २० जेष्ठ २०७८, बिहीबार २१:५०

    वडाध्यक्षको पहलमा स्वास्थ्य सामाग्री वितरण गर्दै:-

     

    सुबास श्रेष्ठ

    टाेखालाइभ/ जेठ २०,२०७८

    बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ को पहलमा बुढानिलकण्ठका आइसोलेसन केन्द्र अस्थायी ओपिडी अस्पताल तथा स्वास्थ चौकीहरु लाई ८ वटा अक्सिजन कन्सन्ट्रेटर बितरण गरिएकाे छ ।

    ती अक्सिजन कन्सन्ट्रेटरलाइ वडाध्यक्ष श्रेष्ठले विएमसी स्कूलकाे आइसाेलेसन सेन्टरमा २ वटा , बुढानिलकण्ठ नगर अस्पताल अस्थायी ओपिडी सेवा सेन्टरमा २ वटा,
    वडा नं ६ र ७ काे स्वास्थ्य चाैकीलाइ १ वटा ,
    वडा नं १३ लाई २ वटा
    र वडा नं ३ मा रहेकाे स्वास्थ्य चाैकीमा २ वटा प्रदान गरिएको हो ।

    बुढानिलकण्ठ वडा नं ३ को कार्यालय तथा वडाध्यक्ष श्रेष्ठकाे व्यक्तिगत पहलमा दाताबाट संकलन गरि ती अक्सिजन कन्सन्ट्रेर बितरण गरिएको हो। यसलले अप्ठ्यारो परिस्थिति र अक्सिजन नपाएको बेलामा अस्पताल सम्म नपुगी उपचार गर्न कठिनाइलाई सहज हुने कोभिड को बिरामीलाई केही राहत भन्ने अवस्य प्राप्त हुनेछ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै