• TOKHA LIVE

    • २६ जेष्ठ २०७७, सोमबार १०:१०

    टोख्याचा पाचामा पार्क निर्माण शुरू

    टोखा लाइभ । टोखा नगरपालिका वडा नं -३ अन्तर्गत पर्ने टोख्याचामा क़रिव १ रोपनीमा फैलिएको सार्वजनिक जग्गामा हरियाली विस्तार गर्दे पार्क निर्माण गर्ने काम जारी छ। टोखा नगरपालिकाका प्रमुख मेयर, उप – मेयर, वडा अध्यक्ष र जनप्रतिनिधिहरूको प्रत्यक्ष सहयोग र टोख्याचा टोल विकास संस्थाको अध्यक्ष योगेश डंगोलको विशेष पहलमा सार्वजनिक पार्क र गार्डेनको निर्माण कार्य भएको हो। ‘पार्क टोखा शहरको अभिन्न अंग बन्न थालेको छ’, अध्यक्ष योगेशले भने, “ आफ्नो क्षेत्रमा थप हरियाली विस्तार गर्न पार्क बनाउन लागिएको हो ।

    मानिसको शारीरिक तथा मानसिक स्वास्थ्य, प्राचीन टोखा शहरको शोभा र सभ्यतासँग पार्क जोडिन थालेको छ। यही जेष्ठ १८ गते देखि निर्माण कार्य शुरू भएको यो पार्कलाई असार १० गते भित्रमा हरियाली पार्क बनाइसक्छौं” योगेशले भन्ने। बहुआयामिक कामका लागि पार्क चाहिने भएकाले हामीले निर्माण थालेका हौँ । यस पार्क भित्र टेबुल टेनिस, ब्याड मिन्टन, भलिबल लगायत विभिन्न भोजको आयोजना पनि गर्न सकिन्छ । यसले टोखाको सुन्दरतालाई थप झल्काउने विश्वास श्रमदान दिंदै गरेका स्थानीय वासिन्दा राजेश महर्जनले टोखा लाइभलाई बताए।

    ‘पार्कले टोखाको सुन्दरतालाई थप झल्काउनेछ’, स्थानीय समाजसेवी महिला रेजिना डंगोलले भन्नुभयो।‘ टोख्याचा पाचा आफैँमा एउटा एतिहासिक ठाउँ हो । पार्क बनेपछि सार्वजनिक जग्गाको पनि संरक्षण हुन्छ । उनले भनिन । टोख्याचा सार्वजनिक पार्क निर्माण कार्यमा सक्रिय भूमिका निभाउनका लागि यसै संस्थाको सचिव पन्चे डंगोल, सदस्यहरूमा शेखर श्रेष्ठ, रेजिना महर्जन, लक्ष्य डंगोल, सुविन डंगोल लगायत ४० जनाको टोलवासीहरूले क़रीब १ लाखको श्रमदान दिदैछन्। टोख्याचा पाचामा ५ लाख रुपैयाँ बजेटमा पार्कको निर्माण कार्य भइरहेको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै