• TOKHA LIVE

    • १० जेष्ठ २०७८, सोमबार २०:४६

    माधव नेपाल र झलनाथ खनालसहित ११ जना पार्टीबाट निष्कासित:-

    टाेखालाइभ डट कम /जेठ १०,२०७८
    काठमाण्डौ –  नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले)ले खनाल–नेपाल समूहका ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी आज निष्कासन गरेको छ ।

    आज बसेको नेकपा स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल लगायत अन्य सदस्यहरु ११ जनालाई प्रतिनिधि सभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरेको हो ।गत शनिवार स्पष्टीकरण मागिएकाहरूले स्पष्टीकरण नबुझाए पछि सांसदहरूमा नेपाल, खनाल र रावलसहित रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन, सरला यादव, पुष्पाकुमारी कर्ण,निरादेवी जैरु,पुष्पा कर्ण कायस्थ र कल्याणी कुमारी खड्कालाई समेत पार्टीको साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरि एमालेले कारबाही गरेको जनाएको छ।

    Facebook Comments

    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै