टोखा लाइभ । २०७८, वैशाख ३० गते ।
काठमाडौँको उत्तरी क्षेत्रमा रहेको वडा नं २ स्थित टोखा प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहित आइसोलेशन केन्द्रलाई नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ५ ले बुधवार अक्सिजन कन्सेन्ट्रटर मेसिन प्रदान गरेको छ ।
नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ५ का कोभिड १९ विपत व्यवस्थापन समितिका ९ जना सदस्यहरू रहेको बुद्धिजीवी प्रतिनिधिको एक टोलिले टोखा नगरपालिका उप प्रमुख तथा आइसोलेशन व्यवस्थापन समितिका संयोजक ज्ञानमाया डंगोललाई कन्सेन्ट्रटर मेसिन हस्तान्तरण गरिएका हुन्।

टोखा नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष दिपकराज जोशीको पहलमा टोखा आसोलेशन केन्द्रलाई उक्त अक्सिजन मेसिन प्रदान गरिएको मनिष जोशीले वताए।
सो नगरपालिकाले नगर उपप्रमुख ज्ञानमाया डङ्गोलको संयोजकत्वमा आइसोलेशन सेन्टर व्यवस्थापन तथा अनुगमन समिति निर्माण गरी कोभिडका बिरामीको उपचार गरिरहेको छ । यस्तै नपाले बढ्दो कोरोना सङ्क्रमितलाई ध्यानमा राखेर अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र निर्माण गरेको हो।

५ लिटर क्षमता भएको उक्त अक्सिजन कन्सेन्ट्रटर मेसिनले अक्सिजनको मात्रा कम भएका ३ जान बिरामीलाई अक्सिजन उपलब्ध गराउन सहज हुन्छ ।
“ कोरोना महामारी र विपद्को समयमा कोभिड- १९ विपत व्यवस्थापन समितिका सदस्य भएको हैसियतले सेवा गर्नु मेरो मुख्य धर्म हो, पछि आवश्यकता अनुसार अक्सिजन कन्सेन्ट्रटर मेसिन प्रदान गर्दे जानेछु।” मनिषले भने ।


