• TOKHA LIVE

      TOKHA LIVE

    • २८ बैशाख २०७८, मंगलवार १५:१८

    इतिहास बोकेको टोखायचा टोलमा पञ्चद्वार निर्माण कार्य अन्तिम चरणमा

    टोखा लाइभ । २०७८ वैशाख २८ गते ।

    काठमांडौं।हजारौं वर्षको इतिहास बोकेको टोखाको टोखायचा पाचामा पञ्चद्वार (ध्वा : खा) निर्माणलाई तीव्रता दिइएको छ । पश्चिम दिशामा पर्यटकीय क्षेत्र प्रवेश गरेको अनुभूति दिलाउने गरी यही वैशाख ५ गते देखि प्रवेशद्वार निर्माण थालिएको भए पनि कामले पूर्णता पाउन सकेको थिएन ।

    पर्यटकीय गन्तव्यकारुपमा विकास गर्दै आर्थिक आम्दानीको श्रोतकारुपमा विकास गर्नका लागि टोखायचा पाचामा ऐतिहासिकता झल्किने गरी पञ्चद्वार निर्माण गरिएको हो।

    टोखा नगरपालिकाको २५ लाख र उपभोक्ता को तर्फबाट २ लाख ४६ हजार सहयोग प्राप्त भएको र अपुग रकम स्थानीय निकाय एवं संघ संस्थाको सहयोगमा निर्माण कार्य सम्पन्न हुने पञ्चद्वार निर्माण समितिका अध्यक्ष योगेश डंगोलले बताए ।

    आन्तरिक एवम् बाह्य पर्यटकलाई थप रौनकता दिन टोखा नगरपालिका वडा नं-३ मा रहेको टोखायचा टोलमा नयाँ पञ्चद्वार निर्माणका लागि टोखा नगरपालिकाको उप प्रमुख ज्ञानमाया डंगोलको विशेष सहयोग र टोखा नगरपालिका वडा नं २ र ३ का वडा अध्यक्ष दिपक राज जोशी र सिंहराज श्रेष्ठ निर्माणमा पूर्णता दिनको लागि साथ दिनु हुने टोल विकास संस्थाका सचिव पन्च नारायण डंगोल, कोषाध्यक्ष सलिना डंगोल र सल्लाहकार समितिका सदस्यहरूमा अष्टमान डंगोल, न्हुछे डंगोल र कृष्ण नारायण डंगोल रहेका छन् भन्ने सदस्यहरूमा लक्ष्य डंगोल, बाल कृष्ण श्रेष्ठ, सुविन डंगोल, सुदीप श्रेष्ठ, शैलेंद्र डंगोल, महिला नेतृत्वमा रेजिना महर्जन हुन् भन्ने ठेकेदारको मुख्य भूमिकामा श्याम श्रेष्ठका साथै नगरपालिकाको सव ईन्जिनियर भीम महर्जनले यस पञ्चद्वारको डिज़ाइन गरेका हुन्।

    टोखायचा पञ्चद्वार निर्माण समितिका अध्यक्ष योगेश डंगोलका अनुसार यही वैशाख महिना देखि काम थालेको भए पनि बजेटको अभावमा निर्माण कार्य विचमा रोकिएको कारण केहि ढिलोभएको वताए । उनले भने कोरोना भाइरसको कारण जारी लकडाउनको समयमा पनि पञ्चद्वार निर्माण कार्यलाई निरन्तरता दिइएको र निर्माण कार्य अन्तिम चरणमा पुगेको टोखा लाइभलाई वताए ।

    यसै गरी हाल बनाउँदै गरेको टोखायचा पाचा देखि बाईपास रोड सम्म जोड़ने सडकमा ढल निकास बनाउनमा योगेश डंगोलको विशेष योगदान रहेको छ। कतिपय योजना अझै अलपत्र परेकाले ती अलपत्र परेका संरचनाको मर्मतको लागि आवश्यक बजेट प्राप्त गरेको ती संरचनाहरुको निर्माण प्रक्रियामा छिट्टै अगाडी बढ्ने उनको भनाइ छ । आगामी कार्य योजनामा टोखायचा टोल विकास संस्थाको योजनामा प्वँ : बाजा स्मृति भवनको निर्माण गर्ने, , फैदोचामा कुल देवता बनाउने र टोखायचा पाचामा रहेको व्यबस्थित बधशाला बनाउन पहल गराउने र निकट भविष्यमा स्मार्ट टोल बनाउने योजना समेत रहेको उनले जानकारी दिए ।

    टोखायचा टोलमा पञ्चद्वार संरचनाहरुको निर्माण प्रक्रियामा सहयोगी हातहरूमा टोखा नगरपालिका वडा नं-२ र ३ का न्यायिक समितिका सदस्य अधिवक्ता सत्य नारायण डंगोल, नेवा: गुठी टोखाको अध्यक्ष रमेश नापित, सॉस्कृतिक विकास क्षेत्रका अध्यक्ष गणेशमान श्रेष्ठ, टोखा संस्कृति दबुका अध्यक्ष मनिराज डंगोल, बुट्टा डिज़ाइनर मंगलदास श्रेष्ठको संरचान निर्माणमा विशेष योगदान रहेको छ। यस्तै गरी बाटो खुलाई सहयोग गरिदिनु हुने हरिदास श्रेष्ठ पनि विशेष धन्यवादको पात्र बनेका छन् ।

    पञ्चद्वारको बाहिरी र भित्र भागमा देवी – देवताको आकृति कुँदेर आकर्षक बनाइने छ । पञ्चद्वारको दुबै तर्फ बुद्धको ऑखा राखिने छ । प्रवेशद्वार सम्पन्न हुँदा निकै आकर्षक र महत्वपूर्ण पर्यटकीय क्षेत्रमा प्रवेश गरेको अनुभूति हुने अध्यक्ष योगेश डंगोलले बताए ।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै