• TOKHA LIVE

      TOKHA LIVE

    • २७ बैशाख २०७८, सोमबार १९:५५

    देवराजले चढ्ने गाडी एम्बुलेन्समा प्रयोग

    टोखा लाइभ । २०७८ वैशाख २७ गते

    काठमांडौं। समाजसेवी व्यवसायिक व्यक्तित्व र नेवा गुठी टोखाको पूर्व अध्यक्ष देवराज डंगोलले टोखा नगरपालिकामा कोरोना महामारी बढ्दै गएपछि उनले प्रयोग गर्ने गाडी एम्बुलेन्सका रुपमा प्रयोग हुने आज एक औपचारिक भेटघाटमा घोषणा गरेको छ।

    अस्पतालसम्म जानका लागि एम्बुलेन्स नपाउने समस्या देखिएकाले आफूले प्रयोग गर्ने गाडीलाई विरामी बोक्न र डेलिभरी गराउने महिलाहरुको प्रयोग गर्ने निर्णय गरिएको समाजसेवी देवराजले बताए। “ मैले चढ्ने गर्ने गरेको गाडी नेवा : गुठी टोखालाई हस्तान्तरण गर्न चाहन्छु । केही दिन हामी साइकलै चढेर हिँडे पनि फरक पर्दैन। सवारीसाधनको अभावमा समयमै अस्पताल वा आइसोलेशन पुर्‍याउन नपाउँदा टोखा नगरबासीको ज्यान जोखिममा नपरोस् भन्ने मेरो उद्देश्य हो,’ उनले भने।कोरोना महामारीको विकराल रुप नहट्दासम्म आफूले वैकल्पिक व्यवस्था गरी जनताको सेवामा जुट्ने देवराजले बताए।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै