टाेखा लाइभ डट कम /,बैशाख २६।
बुढानीलकण्ठ नगरपालिका प्रशासनिक भवनको प्राङ्गणमा कोभिड-१९ महामारीको अवस्थालाई ध्यानमा राख्दै आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठको आयोजनामा आपतकालीन रक्तदान सम्पन्न भएको छ।
बागमती प्रदेसका मुख्य सचेतक तथा मदन भण्डारी फाउण्डेसन काठमाडौं जिल्ला कमिटि अध्यक्ष देिपक निरौला, मदन भण्डारी रक्तसञ्चार कोष संयोजक प्रदिप डंगोल, मदन भण्डारी फाउण्डेसन बूढानीलकण्ठ नगर कमिटि अध्यक्ष कैलाश खड्का, बूढानीलकण्ठ मंदिर व्यवस्थापन समिति उपाध्यक्ष प्रकाश श्रेष्ठ, विभिन्न राजनितिक दलका प्रतिनिधी, समाज सेवि लगायत नगरपालिका कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रममा १८ जनाले रक्तदान गरेका थिए ।

