टाेखा लाइभ डट कम /बैशाख २३
बूढानीलकण्ठ नगरपालिकामा बुधबार ८० जनामा कोभिड-१९ संक्रमणको पुष्टि भएको छ । नगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार संक्रमित मध्ये ४१ जना महिला र ३९ जना पुरुष रहेका छन् ।
नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार हाल सम्म नगरपालिका भित्र २०४ जना महिला र २१७ जना पुरुष गरी कुल ४२९ जनामा संक्रमण देखिएको छ । जसमा ५१ महिला र ५६ पुरुष गरी १०७ जना संक्रमणबाट मुक्त भएका छन् ।
बैशाख २२ गते बुधबारको वडागत विवरण यस प्रकार रहेको छ। वडा नं १ : ३ पुरुष ,वडा नं २ : ५ महिला र ५ पुरुष,वडा नं ३ : ३ महिला र २ पुरुष, वडा नं ५ : १ पुरुष
वडा नं ६ : २ महिला, वडा नं ७ : २ महिला र २ पुरुष,
वडा नं ८ : ८ महिला र ४ पुरुष, वडा नं ९ : ४ महिला र २ पुरुष,वडा नं १० : ६ महिला र ११ पुरुष, वडा नं १२ : ६ महिला र २ पुरुष र वडा नं १३ : २ महिला रहेका छन्।

